अमेरिकाको ओहायोमा हुलाकीलाई गोली हानी हत्या ,हुलाक सेवाले २ लाख ५० हजारको इनाम दिने

इनेप्लिज २०८० फागुन २२ गते १:३८ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यमा हुलाकीलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । एबिसीसमाचारका अनुसार हुलाक कार्यकर्तालाई लक्षित आक्रमणमा उनको चिट्ठी तथा समानहरु ढुवानी गर्ने गाडीमा गोली हानी हत्या गरिएको ओहायो प्रहरीले बताएका छन् ।

अहिले सम्म कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ । ३३ वर्षीय जोन्ट डेभिसलाई गत शनिबार दिउँसो ओहायोको वारेनमा उनको डाक गाडीमा गोली हानी हत्या गरिएको थियो।

ओहायो प्रहरीका अनुसार एक ३३ वर्षीय हुलाक कर्मचारी आफ्नो डाक गाडीमा थिए जब उनलाई “लक्ष्य आक्रमण” मा मारिएको थियो।

जोन्टे डेभिसलाई शनिबार दिउँसो एक बन्दुकधारीले गोली हानेका थिए । क्लिभल्याण्डबाट करिब ६० माईल दक्षिणपूर्वमा रहेको वारेन शहर रहेको छ ।

प्रहरीले डेभिस र संदिग्धले एकअर्कालाई चिनेको विश्वास गरेको बताएको छ ।

पछि शनिबार संदिग्धको गाडी फेला पारिएको छ भने पक्राउ पूर्जी पनि जारी गरिएको छ । प्रहरीले धेरै व्यक्तिसँग अन्तर्वार्ता लिएको छ ।

जानकारी दिनेलाई हुलाक निरीक्षण सेवाले २,५० ,००० डलरको पुरस्कार प्रदान दिने भएको छ ।

प्रतिक्रिया