बाल्टिमोर प्राइम नेपाली बजारका संचालक लामिछाने राष्ट्रपति पुरस्कारद्वारा सम्मानित

इनेप्लिज २०८० फागुन २१ गते ०:५६ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित प्राइम नेपाली बजारका संचालक लामिछाने अमेरिकी राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कारद्वारा सम्मानित भएका छन् ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनको तर्फबाट “राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कार अर्थात् प्रेसिडेन्ट लाइफटाइम एचिभमेन्ट अवार्ड लामिछानेलाई प्रदान गरिएको छ जुन अमेरिका राष्ट्रलाई ५३०० घण्टा सेवाको पहिचान हो।

प्राइम पसलका संचालक गणेश लामिछानेले राष्ट्रपति पुरस्कार प्राप्त गर्न पाउँदा सम्मानित र कृतज्ञ भएको सामाजिक संजालमा लेखेका छन् । मेरो योगदान र समर्पणको लागि मान्यता पाउनु साँच्चै गर्व लागेको बताएका छन् । उनले सामाजिक संजालमा अविश्वसनीय यात्रामा आफूलाई साथ दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद दिएका छन्

लामिछानेले यो पुरस्कार मेरो लागि मात्र होइन, तर हामी सबैको लागि हो भन्दै अत्यन्तै हर्ष व्यक्त गरेका छन् । उनका केही ब्यबसायहरु संचालनमा छन् ।

त्यस मध्ये एक नेपालमै बनाईएका नेपाली सामाग्रीहरुको अमेरिकामा प्रवर्द्धन गर्ने र नेपाली सर समानलाई प्रोत्साहन गर्ने हेतुले स्थापना भएको प्राइम होलसेल तथा खुद्रा नेपाली बजार अमेरिकामा चर्चा परिचर्चामा आई रहन्छ भने हजारौ हजार नेपाली समुदायले यसबाट लाभ समेत उठाएका छन् ।

अमेरिकामा नेपाली समुदायले मनाउने अमेरिकी तथा नेपाली चाडपर्व ,उत्सव र समारोह,भेला लगायतमा नेपाली समुदायको लागि विशेष छुटको व्यवस्था गर्दै आएको प्राइमले नेपाली समुदाय प्रति केन्द्रित छ ।

बिगत २ बर्ष भन्दा ज्यादा समय देखि संचालित उक्त चर्चित पसलमा सजावटका सामग्री, सारी,कुर्ता सुरुवाल,बालबालिकाका लुगा,करुवा ,पानस, महिलाहरुका शृंगारका सामग्रीहरु ,खाधन्य सामग्री ,मूर्ति ,मादल,खुकुरी, बुद्ध ,गणेश र शिवओ मुर्ति ,मुकुट ,डमरु ,पित्तलको झर्के थाल ,पित्तल कै कचौरा ,गरगहना ,बिभिन्न जात जातिका पर्वहरुका भेषभुषा, बासुरी, घन्टी लगायत नेपाली समुदायलाई घरको सजावटको लागि चाहिने सामग्री सबै उपलब्ध रहेका छन् ।

नेपालको सामग्रीहरुलाई प्रोत्साहन दिने उद्धेश्यले प्राइम नेपाली बजार स्थापना गरिएकोले सबै नेपाली समुदायके एकै छाना मुनि सबै चिज उपलब्ध गराईएको आफू र आफ्ना साथीभाई इष्ट मित्र र सबैलाई खरिद गर्नु परेमा प्राइम नेपाली बजारलाई सम्झन अनुरोध गर्दै एक पटक मौका दिन समेत लामिछानेले सबैलाई अनुरोध गर्दै आएका छन् ।

नेपाल गोर्खा घर भएका व्यवसायी लामिछाने एक सामाजिक अभियन्ता हुन् । उनि बिभिन्न सामाजिक संघ/संस्थामा आबद्ध हुनुको साथै अन्य व्यवसायमा समेत संलग्न रहेका छन् । उनि व्यवसाय अभिकर्ता( अर्थात् बिजिनेस ब्रोकर ) पनि हुन । उनि घरखरिद तथा बिक्रि अभिकर्ता (रियलटर) ,डब्लुएफजी वित्तीय संस्थाका प्रमाणित वित्तीय योजनाकार समेत हुन् ।

प्रतिक्रिया