बाना भवन ऋण मुक्त अभियानमा १ लाख डलर भन्दा ज्यादा सहयोग सङ्कलन , अध्यक्ष पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित

इनेप्लिज २०८० फागुन २० गते २२:१४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका( बाना )ले भवन ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा पूर्व दुई चरणका कार्यक्रम सहित कूल १ लाख ८ हजार डलर रकम सङ्कलन गर्न सफल भएको छ ।

कार्यक्रम बीच बानाका अध्यक्ष सुबोध विलास पन्तलाई उनले नेपाली समुदायलाई गरेको योगदान ,नि :स्वार्थ र नि:सर्त रुपमा गरेको समाज सेवा र अथक कार्यप्रतिको उच्च सम्मान गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट उनलाई “राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कार ” अर्थात् प्रेसिडेन्ट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

उनलाई ऋण मुक्त अभियान अन्तर्गत तेश्रो चरणको कार्यक्रममा बाल्टिमोरकै प्रसिद्ध मोर्गन बिश्वबिद्यालयका प्राध्यापकले राष्ट्रपतिको पदक तथा प्रमाण पत्र अध्यक्ष पन्तलाई हस्तान्तरण गरे । प्राध्यापकले त्यसमा लेखिएको कुरा पढदै पन्तले राष्ट्रलाई ५,३०० (५ हजार ३ सय ) घण्टा सेवा गरे वापत उनलाई उच्च सम्मान साथ प्राध्यापकले प्रमाण पत्र वितरण गर्दै प्राध्यापकले अध्यक्ष पन्तको मुक्त कण्ठले प्रसंसा समेत गरे ।

उक्त सम्मान अध्यक्षको मात्र नभई सम्पूर्ण समुदायको लागि गर्वको बिषय भएको छ । सामाजिक संजाल मार्फत उनलाई बधाई दिनेको ओइरो लागेको छ ।

मार्च ३ आइतबारका दिन बाल्टिमोरस्थित बाना सामुदायिक भवनमा आयोजित तेश्रो “बाना भवन ऋण मुक्त” कार्यक्रमको शुभारम्भ परिचय सहित उक्त अभियानमा सहयोग गर्नेहरुले आर्थिक सहयोगको घोषणा गरेका छन् । त्यहाँ उपस्थित भएका चन्दादाताहरु मध्ये केहीले धनादेश(चेक)प्रदान गर्नुको साथै आगामी २०२४ को डिसेम्बर सम्म रकम दिने बचनबद्धता गरेका छन् ।

साथै त्यहा उपस्थित समुदायका अगुवाहरुले बानाले बोकेको ऋण मुक्त गर्न सबैको साथ र सहयोग हुनु पर्ने कुरामा बोलेका थिए । त्यहा उपस्थिति हुन् नसक्नेहरुको लागि अध्यक्ष पन्त लगायत सबैले समुदायका सदस्यहरुलाई सहयोग गर्न अपिल गरेका थिए । सबैले मेरिल्याण्डको छाता संगठन रहेको बाना सबैको साझा भएकोले एक जुट हुनु पर्ने आह्वान गर्दै यो बर्षको अन्त्य सम्म ऋण मुक्त गर्न सबैलाई अनुरोध गरिएको छ ।

अहिले सम्म बाना भवनमा अत्यधिक चन्दा दिनेमा बाना बोर्ड अफ ट्रस्टी ( गुठी)का अध्यक्ष कुल आचार्य रहेका छन् भने उनले १५ ,४२२ डलर दिई सकेका थिए । बाना भवन ऋण मुक्त अभियानको तेश्रो चरण सम्म कूल ९८ ,८६६ सङ्कलन गरिएता पनि १ लाख डलर सङ्कलनमा १,१३४ डलर अपुग भए पछि सबैलाई अपुग रकम थप्न आग्रह गरियो ।

तर उनै गुठी अध्यक्ष आचार्यले आफ्नो पहिलोको रकमलाई थप्दै १६,००१ डलर बनाउने घोषणा गरे । अझ पनि बाना भवनमा सबै भन्दा ठूलो चन्दा दिने कूल आचार्य नै भएका छन् । त्यस्तै अध्यक्ष पन्तले अहिले सम्म ५ हजार ८ सय डलर दिई सकेको र ४,२०० डलर समेत दिने घोषणा गरे । अझ नपुगेमा थप गर्ने र डिसेम्बर सम्म ऋण मुक्त गर्ने अभियानमा लाग्ने उनले बताए ।

यसरी उनको थप रकम सहित १०० प्रतिसत चन्दा दिनेको निश्चित सहित कूल १ लाख ८ हजार डलर सङ्कलन भएको छ । त्यहाँ उपस्थित अधिकांशले अपुग भएमा ऋण मुक्त गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा महाबाणिज्यदूत प्रेम राजा महत लगायत बिभिन्न संघ/संस्थाका प्रतिनिधि/अध्यक्ष,ट्रस्टी सदस्य ,ट्रस्टी पदाधिकारीहरु लगायत समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया