अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स ४० हजार अंक प्राप्त गर्ने पहिलो एनबिए खेलाडी

इनेप्लिज २०८० फागुन २० गते १२:२९ मा प्रकाशित

अमेरिकी प्रख्यात बास्केटबल खेलाडी लेब्रोन जेम्स ४०,००० अंक प्राप्त गर्ने पहिलो एनबिए खेलाडी भएका छन ।

अत्यन्तै उत्कृष्ट खेलाडी जेम्सले गत शनिबार राति नियमित मौसमको खेलमा ४०,००० हजार अंकहरू पुर्याएका छन् ।

उनले जेम्सले माइकल पोर्टर जुनियरलाई पछि पारेका छन । जेम्सले ऐतिहासिक बास्केट खेलको लागि डेनभर नगेट्स विरुद्ध लस एन्जलस लेकर्सको खेलको दोस्रो चौथाई (क्वार्टर)मा उक्त किर्तिमान कायम गरेका हुन् ।

जेम्सलाई सबैले उभिएर अभिवादन गरे सम्मान गरे । प्रशिक्षक डार्विन ह्यामले उनलाई बधाई दिए। जेम्सले करीम अब्दुल-जब्बारको ३८,३८७ अंकको अंकलाई उछिनेका छन् । फेब्रुअरी ७, २०२३ मा ओक्लाहोमा सिटी थन्डर विरुद्ध खेलमा उनले त्यति अङ्क बनाएका थिए ।

प्रतिक्रिया