होस्टेलमा १४ वर्षीया शालिन बालिका मृत फेला, बलात्कारपछि हत्या गरिएको बाबा आमाको दाबी (भिडियो सहित)

इनेप्लिज २०८० फागुन १९ गते १७:४७ मा प्रकाशित

चितवनकी शालिन पोखरेल गत शनिबार बिहान होस्टेलको कोठामा मृत भेटिइन्। चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ पढ्ने पोखरेल १२ गते शनिबार होस्टेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

उनी हजुरआमाको दिदीको घर नजिकै रहेको विद्यालयमा पढ्दै आएकी थिइन्। शालिनको आमा बुवाको केही वर्षअघि सम्बन्ध विच्छेद भएपछि उनी मामाघरको हजुरआमाको साथमा रहेकी थिइन्। उनका बुवा काठमाडौं बस्ने र आमा विदेशमा रहेको पारिवारिक स्रोतले बताएको छ।

स्रोतका अनुसार रत्ननगर नगरपालिका १५ माधवपुरमा शालिनको मामाघर छ। मामाघरमा उनको हजुरआमा मात्रै छिन्। पढ्न सिकाउने मान्छे घरमा नभएपछि हजुरआमाले उनको दिदीको घर नजिकै रहेको उक्त विद्यालयमा भर्ना गरिदिएकी थिइन्। शालिनको हेरचाहमा पनि कमि नहुने र पढाईको लागि पनि समस्या नहुने भन्दै उनलाई होस्टेल राखिएको थियो।

https://www.youtube.com/watch?v=UUwoNByPwDY

प्रतिक्रिया