अमेरिकाले हवाई जहाजबाट गाजामा मानवीय सामग्री खसालेको छ । गत शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा हवाई माध्यमबाट मानवीय सहायता पुर्याउने भएको एक दिन पछि शनिबार गाजामा खाद्य सामाग्रीहरु झारिएको सिएनएनले जनाएको छ ।
अमेरिकी अधिकारीका अनुसार तीनवटा अमेरिकी सी-१३० बिमानहरूले शनिबार गाजामा मानवीय सामग्री खसालेका हुन् ।
त्यहाँ ६६ वटा पोकाहरु खसालिएका थिए । प्रत्येक विमानबाट २२ वटा पोकाहरु झारिएको अधिकारीले भने।
गत शुक्रबार व्हाइट हाउसको ओभल अफिस(कार्यालय)मा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँगै बोल्दै बाइडेनले गाजामा तुरुन्तै सहायता दिने बताएका थिए ।
जोर्डन र संयुक्त अरब इमिरेट्स लगायत अन्य देशहरूले गाजामा हवाई बिमानबाट सहायता सामाग्रीहरु छोडेका छन्। तर शनिबार अमेरिकाको लागि पहिलो हो।
धेरै सहायता सँस्था(एजेन्सी)हरूले गाजामा खाद्यान्न सहायता छोड्ने अमेरिकी योजनालाई प्रभावहीन भनेर आलोचना गरे,का थिए । संयुक्त राष्ट्र संघले लाखौ मानिसहरु भोकमरीको नजदिक रहेको चेतावनी दिएको थियो ।
प्रतिक्रिया