इजरायली सेनाद्वारा गाजाको रफाह र देर अल-बालाहमा मानवीय उद्देश्यका लागि मार्च ७ सम्म “सैन्य गतिविधिहरू” दैनिक निलम्बन गर्ने घोषणा

इनेप्लिज २०८० फागुन १९ गते १३:३० मा प्रकाशित

इजरायली रक्षा बलले गाजाको रफाह र देर अल-बालाहमा मानवीय उद्देश्यका लागि मार्च ७ सम्म “सैन्य गतिविधिहरू” दैनिक निलम्बन गर्ने घोषणा गरेको छ ।

आइडिएफला प्रवक्ता अविचाय अद्राईले उक्त जानकारी दिएका हुन् । इजिप्टबाट रफाह नाकाबाट अधिकांश सहायता गाजामा पुर्‍याइएको छ ।

इजरायलमा वैकल्पिक केरेम शालोम नाकामा हमासद्वारा बन्दीहरू बनाईएकालाई रिहाइको लागि आह्वान गर्दै प्रदर्शनकारीहरूले अवरुद्ध गरेका छन् ।

इजरायलसँगको समन्वयमा, धेरै देशहरूले माल बाहक गाडी (ट्रक)हरू मार्फत भूमिमा प्रवेश गर्ने सहायताको घट्दो संख्यालाई प्रतिस्थापन गर्न गाजामा हवाई सहायता पठाउने छनौट गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत शुक्रबार अमेरिकाले गाजाका जनतालाई खाद्यान्न सहायता पठाउन थाल्ने बताएका थिए ।

प्रतिक्रिया