जापानमा सम्पन्न इन्जाको छैठौँ सम्मेलनद्वारा सल्लाहकार समिति गठन : तीर्थ कोइराला,भुषण घिमिरे ,योगेश उपाध्याय लगायतको मनोनयन

इनेप्लिज २०८० फागुन १९ गते १३:०९ मा प्रकाशित

नेपाली पत्रकारहरुको अन्तर्राष्टिय सञ्जाल (इन्जा)ले टोकियो सम्मेलन समापन गर्दै गुणराज लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नुको साथै सल्लाहकारहरु समेत मनोनित गरेको छ ।

पत्रकारिता तथा साहित्यक्षेत्रमा लामो समय देखि योगदान गर्नु हुने केही बिशेष व्यक्तित्वहरुलाई मनोनित गरिएको छ । नयाँ कार्यकारी समितिले भुषण घिमिरे,राम खरेल,योगेश उपाध्याय ,तीर्थ कोइराला ,घमराज लुइँटेल तथा कृष्ण धरावासीलाई सल्लाहकारमा मनोनित गरेको छ ।

वरिष्ठ पत्रकार तथा इन्जाका नवनिर्वाचित उपाध्यक्ष टंक पन्तले एक छापा बिज्ञप्ती मार्फत उक्त जानकारी ईनेप्लिजलाई दिएका हुन् ।

त्यस्तै नयाँ कार्यसमितिको अध्यक्षमा गुणराज लुइँटेल,वरिष्ठ उपाध्यक्षमा विष्णु शीतल, उपाध्यक्षत्रयमा टंक पन्त, किशोर सापकोटा र ददि सापकोटा, महासचिवमा दीपक रिजाल र सचिवमा आनन्द कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, रीता सापकोटा, कमल ढकाल, ध्रुब पौडेल,अंकुश नेपाल, विष्णु शर्मा, दोबा ढकाल, विनेश खनाल, विजय थापा र खेम भट्टचन कार्यसमितिको सदस्यमा चयन भएका छन् ।

सन् २०१८ मा मार्च १ तारिख स्थापना भएको इन्जाको अमेरिकामा मुख्यालय छ भने एशिया, यूरोप र अफ्रिकामा शाखा रहेका छन् ।

प्रतिक्रिया