टेक्ससमा डडेलोबाट कम्तिमा २ जनाको मृत्यु ,१० लाख एकड भन्दा जमिनमा आगो लाग्दा ४०० -५०० घरहरु धवस्त

इनेप्लिज २०८० फागुन १९ गते १२:३५ मा प्रकाशित

अमेरिकाको टेक्ससमा लागेको भिषण डडेलोबाट कम्तिमा २ जनाको मृत्यु भएको छ । एबिसीन्यूजका अनुसार १० लाख एकड भन्दा जमिनमा आगो लाग्दा ४०० -५०० घरहरु धवस्त भएको जनाएको छ ।

टेक्सस राज्यको इतिहासमा सबैभन्दा ठूलो लागेको जंगली आगोले टेक्सस प्यानह्यान्डलमा ठूलो विनाश गरेको छ । आगलागीमा परी अहिलेसम्म कम्तिमा दुई जनाको मृत्यु भइसकेको छ भने आगोको खतरा सप्ताहन्तसम्म जारी रहने अनुमान गरिएको छ।

टेक्ससका गभर्नर ग्रेग एबोटका अनुसार आगलागीका कारण ४०० देखि ५०० वटा संरचनाहरू ध्वस्त भएका छन् । गत शुक्रबार पत्रकार सम्मेलनमा भूमिमा खरानी बाहेक केहि बाँकी छैन , गभर्नर आबोटले भने । टेक्सस प्यानह्यान्डल महत्त्वपूर्ण पशुपालन र खेती गर्ने क्षेत्र हो।

डढेलोले टेक्सस प्यानह्यान्डलमा रहेको क्यानाडाली नदीको छेउमा रहेको १२० वर्ष पुरानो, ८०,००० एकडको निजी सम्पत्ति टर्की ट्र्याक र्यान्च(नामक सम्पत्ति )को ठूलो भाग जलेको छ। उक्त सम्पत्ति १८० मिलियन डलरमा बिक्रीको लागि राखिएको थियो ।

प्रतिक्रिया