अमेरिकाको पनेरा ब्रेड नामक चमेनागृहले ग्राहकलाई भ्रमित गर्दा २ मिलियन डलर क्षतिपूर्ती तिर्ने सहमत 

इनेप्लिज २०८० फागुन १६ गते १७:५६ मा प्रकाशित

अमेरिकाको चर्चित र मन पराईएको पनेरा ब्रेड नामक चमेनागृहले ग्राहकलाई भ्रमित गर्दा २ मिलियन डलर क्षतिपुर्ती तिर्ने सहमत जनाएको सिविएसन्यूजले बताएको छ ।

पनेरा ब्रेडले ढुवानी आदेश( डेलिभरी अर्डर) को लागतको बारेमा ग्राहकहरूलाई भ्रमित गरेको दाबी समाधान गर्न २ मिलियन अर्थात २० लाख डलर तिर्ने सहमति जनाएको समाचारमा लेखिएको छ।

पनेराले ढुवानी शुल्क र खाध सामग्री सूची मूल्य बारेमा मानिसहरूलाई भ्रमित गरेको आरोप लगाउँदै मुद्दा सुल्झाउन सहमत हुँदा पनि पनेराले कुनै गल्ती स्वीकार नगरेको सिविएसले लेखेको छ।

पनेराका अमेरिका र क्यानडाभर २ हजार  भन्दा बढी भोजनालयहरू सञ्चालन गर्दछ।

प्रतिक्रिया