अमेरिकाको मिशिगनमा प्राथमिक निर्वाचनमा रिपब्लिकनबाट ट्रम्प र डेमोक्रेटिकबाट बाइडेन विजयी

इनेप्लिज २०८० फागुन १६ गते १२:११ मा प्रकाशित

अमेरिकाको मिशिगनमा प्राथमिक निर्वाचनमा रिपब्लिकनबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिकबाट राष्ट्रपति जो बाइडेन विजयी भएका छन् ।

९९ प्रतिशत मत गणनामा ट्रम्पले ६८.२ प्रतिशतले अग्रता लिएका छन् भने पूर्व राजदूत निक्की हेलीले २७ प्रतिशत मत प्राप्त गरेकी छिन् ।

हेलीले आफ्नो गृह राज्य साउथ क्यारोलाइनामा पराजय भोगेपछि मार्च ५ मा हुने महामंगलबार( सुपर ट्युजडे)सम्म दौडमा रहने वाचा गरेकी थिइन् ।

त्यस्तै डेमोक्राटिक प्रपक्षमा ८५ % मत गणनामा बाइडेनले ८१ % मत प्राप्त गरेका छन् । उनिसँग कुनै प्रतिद्वन्द्वीहरू थिएनन्। त्यहाँ अरब र मुस्लिम अमेरिकीहरूले इजरायलप्रतिको उनको नीतिको विरोधको रूपमा प्राथमिकमा उनलाई प्रतिबद्ध मतको विपक्षमा मत दिन आह्वान गरिएको थियो ।

प्रतिक्रिया