हाम्रो अभियान ,हामी बनाउँछौं ,हाम्रो देश अभियानले…..नामक कार्यक्रमको प्रारम्भ

इनेप्लिज २०८० फागुन १५ गते २३:२५ मा प्रकाशित

हाम्रो अभियान ,हामी बनाउँछौं ,हाम्रो देश अभियानले…..नामक कार्यक्रम प्रारम्भ गरिएको छ ।

७ प्रदेश कृषि मण्डी र ७५३ वटै स्थानीय तहमा पब्लिक कृषि कम्पनी स्थापना गर्ने अभियानको सुरूवात गरिएको छ ।

उद्धघाटन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको छ । विदेश जाने युवाहरुलाई सकारात्मक संदेश लेखिएका गन्जी (टिसर्ट)हरु नि:शुल्क वितरण गरिएको छ ।

देशलाई तिम्रो खाँचो छ छिट्टै नेपाल फर्केर कृषिमा आत्म निर्भर बनाउ भन्ने नारा सहित अभियान सुरु गरिएको छ ।। मुलुककाे अर्थतन्त्र धान्ने मुख्य आधार नै कृषि भएकाले आम नेपाली आमा बुबा ,दाजुभाइ तथा दिदीबहिनीहरुलाई सकारात्मक सन्देश दिई कृषि क्रान्तिलाई सफल बनाउन कोसिस गर्दैछौ भन्दै चेतनामूलक कार्यक्रम प्रारम्भ गरिएको छ ।

कृषि क्रान्तिबाटै बेरोजगारीको अन्त्य सम्भव रहेको अभियानले बताएको छ ।

गहभरी आँसु झार्दै बिदेशीने युवाहरुको ताती छ। बिदेश जानु शीप सिक्नु पैसा कमाउनु अनि आफ्नै देशमा आएर उत्पादन गर्नुहोला भन्दै संन्देश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेशीने युवाहरुलाई गन्जी (टिसर्ट)को माध्यमबाट दिइरहेको अभियानका सदस्यले बताए । अभियान ६ दिन सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिने जनाएको छ ।

हामी अहिले युवालाई देशमा नै रोक्न सक्ने ठाउँमा छैनौ । एक दिन रोकेर नै देशमा स्वरोजगार बन्ने वातावरण सिर्जना गर्ने अभियानले मुख्य मुद्धा उठाएको छ ।

यो देशमा जन्मने ,यो देशमा हुर्कने ,अनि काम बिदेशीको गर्नु पर्ने ? कहिले यसको अन्त्य हुने ? यस्को अन्त्य गर्ने अभियानमा युवाहरु जुटेका छन् ।

यस कार्यक्रमका संयोजक हरि अधिकारि हुन् भने उनलाई देशभक्त युबा नेपालले सहकार्य गरिरहेको छ । यसका प्रबक्ता हेमराज जोशी हुन् ।

प्रतिक्रिया