अमेरिकाको प्रसिद्ध मेसीले १५० वटा पसलहरु बन्द गर्ने

इनेप्लिज २०८० फागुन १५ गते १७:५५ मा प्रकाशित

अमेरिकाको प्रसिद्ध खुद्रा पसल मेसीले आफ्ना १५० वटा पसलहरु बन्द गर्ने भएको सिएनएनले जनाएको छ ।

मेसीले १५० वटा खराब प्रदर्शन अर्थात बिक्री लक्ष्य नपुगाउने र बिक्री राम्रो गर्न नसकेका पसलहरु बन्द गर्ने घोषणा गरेको छ ।

५० वटा २०२४ को अन्त्यमा र अन्य १०० वटा अर्को वर्षमा बन्द गर्ने जनाएको छ । सन २०२६ सम्म यस्का ३५० वटा पसल मात्र हुने बताएको छ ।

प्रतिक्रिया