युक्रेनमा भूमि सेना हुने छैनन : जर्मन चान्सलर ओलाफ स्कोल्ज

इनेप्लिज २०८० फागुन १५ गते १२:३१ मा प्रकाशित

जर्मन चान्सलरले युक्रेनमा सैनिक पठाउने बिषयमा स्पष्ट पार्दै युक्रेनी भूमिमा कुनै सेना नहुने बताए ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा नेटो राष्ट्रका सेना पठाउने बिषयमा सम्भावित योजनाको बारेमा स्पष्ट बयान दिदै उनले भने “युक्रेनी भूमिमा सेना हुनेछैनन ।”

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार युक्रेनमा पश्चिमी देशहरूले सेना पठाउने सम्भावनालाई अस्वीकार गर्न नसक्ने बताएपछि उनको टिप्पणी आएको हो।

“हामी बीच र एक अर्कासँग सुरुदेखि नै सहमति भएको कुरा भविष्यमा पनि लागू हुन्छ, अर्थात् युरोपेली देशहरूले त्यहाँ युक्रेनी माटोमा कुनै सिपाहीहरू पठाउँदैनन ,उनले भने ।

स्कोल्जले पेरिसमा आयोजित कार्यक्रमलाई “यो राम्रो, विस्तृत छलफल” को संज्ञा दिए । शिखर सम्मेलन “यस मुद्दामा एकदमै एकमत भएको” उनले बताए।

प्रतिक्रिया