ट्रम्पका छोराले फ्लोरिडाको घरमा एक अज्ञात खाममा सेतो धुलो (पाउडर )प्राप्त गरे

इनेप्लिज २०८० फागुन १५ गते ११:३६ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सुपुत्रले फ्लोरिडाको घरमा खाममा अज्ञात सेतो पाउडर(*धुलो) प्राप्त गरेको एबिसीन्यूजले जनाएको छ ।

प्रवक्ताका अनुसार घटनास्थलमा अधिकारीहरूले प्राप्त गरेको उक्त धुलो (पाउडर )घातक नभएको बताएका छन् ।

ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जूनियरले गत सोमबार साँझ अज्ञात सेतो पाउडर (पिठो) भएको एउटा पत्र प्राप्त गरे र खोलेको स्रोतहरूले एबीसी न्यूजलाई बताए।

एक हजमत टोलीले ट्रम्प जूनियरको जुपिटर फ्लोरिडामा रहेको घरको निरीक्षण गरेका थिए ।

ट्रम्प कनिष्ठ (जूनियर)का प्रवक्ताले एबीसी न्यूजलाई दिएको विज्ञप्ति अनुसार पदार्थको जाँच गरिए अनुसार त्यो पदार्थ के हो भन्ने स्पष्ट थाहा नभएको तर घटनास्थलमा रहेका अधिकारीहरूले यो घातक नभएको बताएका थिए ।

कनिष्ठ ट्रम्पले शंकास्पद सेतो पिठो (पाउडर )भएको खाम प्राप्त गरेको यो दोस्रो ज्ञात घटना हो।

सन् २०१८ मा पनि डोनाल्ड ट्रम्प कनिष्ठ (जूनियर)की तत्कालीन पत्नी भेनेसाले उनलाई सम्बोधन गरेको एउटा खाम खोलिन् र सावधानीको रूपमा अस्पताल लगियो। म्यासाचुसेट्सका एक व्यक्तिलाई पछि गिरफ्तार गरिएको थियो ।

प्रतिक्रिया