अमेरिकाको अलाबामाका महान्यायाधिवक्ताको कार्यालय बाहिर विस्फोटक पदार्थ विस्फोट

इनेप्लिज २०८० फागुन १५ गते २:२३ मा प्रकाशित

अमेरिकाको अलाबामाका महान्यायाधिवक्ताको कार्यालय बाहिर विस्फोटक पदार्थ विस्फोट भएको छ ।

एबिसीन्यूजका अनुसार उक्त घटना गत शनिबार भएको हो

शनिबार बिहान भएको घटनामा कोही पनि घाइते नभएको प्रहरीले बताएको छ ।

महान्यायाधिवक्ताको कार्यालय बाहिर विस्फोटक पदार्थ विस्फोट भएपछि अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

अलाबामाका महान्यायाधिवक्ता स्टिभ मार्शलले सोमबार एक विज्ञप्तिमा मोन्टगोमेरीमा गत शनिबार बिहानको घटनामा कोही पनि घाइते नभएको जनाएका छन् ।
अलाबामा प्रहरी बिभागले अनुसन्धान गर्ने र जानकारी भएमा तुरुन्तै सम्पर्क गर्न समेत आग्रह मार्शलले गरेका छन् ।

प्रतिक्रिया