ट्रम्प, छोराहरु र पूर्व ट्रम्प संगठनका अधिकारीहरूद्वारा ४६४ मिलियन डलरको जरिवानाको निर्णय विरुद्ध अपील 

इनेप्लिज २०८० फागुन १४ गते १९:३४ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, उनका  छोराहरू र ट्रम्प संगठनका दुई पूर्व अधिकारीहरूले न्यूयोर्क महान्यायाधिवक्ताको नागरिक धोखाधडी मुद्दामा आफूहरू विरुद्ध दायर गरिएको ४६४ मिलियन डलर फैसलाविरुद्ध अपील गरेका छन्।

न्यायाधीश आर्थर एन्गोरोनले निर्णय आधिकारिक गरेपछि ट्रम्पले सोमबार अदालतमा अपीलको सूचना दायर गरेका हुन ।

उनका वकिलहरूका अनुसार उनीहरूले पैसाको निर्णय र अन्य राहतको लागि अपील गरिरहेको बताएका छन ।

 उनिहरुले दायर गरेको मुद्दामा ट्रम्पहरू विरुद्ध वर्षौंसम्म न्यूयोर्क सॅगठनमा अधिकारीको रूपमा सेवा गर्नबाट प्रतिबन्ध समेत लगाइएको उनिहरुले जनाएका छन ।

न्यायाधीशले कानून र तथ्यको त्रुटि गरेको, आफ्नो विवेकको दुरुपयोग गरेको र  आफ्नो अधिकार क्षेत्र भन्दा बढि काम गरेको आरोप लगाएका छन ।

प्रतिक्रिया