अमेरिकाको राजधानी वासिङ्टनस्थित इजरायली दूतावासबाहिर अमेरिकी वायुसेनाका सक्रिय सदस्यले आफूलाई आगो लगाएका छन् ।
सक्रिय कर्तब्यमै रहेका उनले गत आइतबार वाशिंगटन, डिसीमा इजरायली दूतावास बाहिर आफूलाई आगो लगाएको वायुसेना र स्थानीय अधिकारीहरूले बताए।
डिसी महानगर प्रहरी विभागले डिसीको उत्तरपश्चिम स्थित ३५०० घर समूह लगभग दिउसो उक्त घटना भएको थाहा पाएको र त्यहाँ पुगेका थिए । संयुक्त राज्य गोप्य सेवालाई सहयोग गर्न एक व्यक्तिले दूतावासको अगाडि आफूलाई आगो लगाएको प्रहरी विभागले सिएनएनलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ती व्यक्तिले आरोन बुशनेल भएको पुष्टि भएको छ । उनले त्यहाँ “म अब नरसंहारमा संलग्न हुने छैन” भनेका थिए ।
उनले आफूमाथि अज्ञात तरल खन्याएर बारम्बार “फ्री प्यालेस्टाइन” अर्थात् स्वतन्त्र प्यालेस्टाइन भन्दै आगो लगाउनु चिच्याएका थिए । प्रहरी अधिकारीहरूले आगो निभाउन प्रयास गर्दा गर्दा उनी अन्ततः उनि ढलेका थिए ।
अमेरिकी वायुसेनाका प्रवक्ता रोज रिलेले सिएनएनलाई भने, “म आजको घटनामा कर्तब्यमा रहेका वायुसेनाका सक्रिय सदस्य भएको पुष्टि गर्न सक्छु।”
उक्त व्यक्तिलाई स्थानीय अस्पतालमा लगिएको थियो र गम्भीर अवस्थामा रहेको बताईएको छ । इजरायली दूतावासका प्रवक्ताले भने, “दूतावासका कुनै पनि कर्मचारी घाइते भएका छैनन् र सुरक्षित छन्।”
घटनास्थलमा अग्निनियन्त्रकहरू पठाइँदासम्म अमेरिकी गोप्य सेवाले आगो निभाइसकेको थियो ।
प्रतिक्रिया