जर्जियामा दौडिन निस्केकी बिधार्थीको हत्या गर्ने व्यक्ति भेनेजुएलाबाट गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेको पुष्टी ,संदिग्ध न्यूयोर्कमा पनि यस अघि पक्राउ परेको खुलासा

इनेप्लिज २०८० फागुन १४ गते १:२३ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यमा स्वास्थ्य परिचारिका (नर्स )की विद्यार्थीको हत्यामा संलग्न संदिग्ध गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेको अमेरिकी भन्सार र सीमा सुरक्षा (आईसिइ)ले जनाएको छ । आईसिइका अनुसार यो भन्दा पहिले पनि उनि न्यूयोर्कमा पक्राउ परेको खुलासा भएको छ । संदिग्धले जर्जियाका विद्यार्थी लेकेन होप रिलेको हत्या गरेका थिए ।

२६ वर्षीय संदिग्ध होजे इबारालाई सेप्टेम्बर ८, २०२२ मा अमेरिकी भन्सार र सीमा सुरक्षाले पक्राउ गरेका थिए । उनी टेक्सस नजिकैको एल पासोबाट गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेपछि उनाई पक्राउ गरिएको अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन एक विज्ञप्तिमा भनिएको छ।

इबारालाई अमेरिकी सीमा अधिकारीहरूले उनको अध्यागमन मुद्दाको समीक्षा गर्न बाँकी रहेको भन्दै रिहा गरेको आईसीईले जनाएको छ। उनलाई सेप्टेम्बर १४,२०२३ मा न्यूयोर्क प्रहरी विभागका अधिकारीहरूले गिरफ्तार गरेका थिए ।

उनले १७ वर्ष भन्दा कम उमेरको किशोरलाई चोट पुर्याउने तरीका तथा चालक अनुमति पत्र उल्लङ्घनको आरोप लगाइएको थियो।

युनिभर्सिटी अफ जर्जिया(जर्जिया विश्वविद्यालय )को एथेन्स परिसरको जंगलमा शव फेला परेपछि रिलेको हत्यामा संलग्न भएको आरोपमा उनलाई गत शुक्रबार पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२२ वर्षीया रिलेका एक साथीले प्रहरीलाई उनी बिहानको दौडबाट नफर्के पछि खबर गरेका थिए । उनको मृत्यु चोटपटकबाट भएको थियो।

प्रतिक्रिया