हेटीमा एक शिक्षक र धार्मिक मण्डलीका ६ सदस्य अपहरण गरिएको अधिकारीहरूले बताएका छन् ।
हेटीको एक धार्मिक मण्डलीका छ जना सदस्य र एक शिक्षकलाई राजधानीको एक विद्यालय अगाडि भेला हुँदा अपहरण गरिएको अधिकारीहरूले बताएका छन्।
सेक्रेड हर्टको ब्रदर्स मण्डलीका पुरुषहरू अपहरणमा परेको धार्मिक अधिकारीहरूले शुक्रबार एक विज्ञप्तिमा जनाएका छन् । अपहरणको घटना घटे पछि विद्यालय अस्थायी रूपमा बन्द गरिएको छ।
मण्डलीले “वाहियात र अनुचित” हिंसा भनेर आलोचना गरेको छ । गत महिनामा पनि राजधानी पोर्ट-ओ-प्रिन्समा यात्रीयान (बस)मा यात्रा गर्ने क्रममा छ जना भिक्षुणी र अन्य दुई व्यक्ति अपहरणमा परेका थिए। पछि उनीहरु रिहा भएका थिए ।
संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार गत वर्ष हेटीमा लगभग २,५०० व्यक्ति अपहरण भएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ८० % भन्दा बढी हो। पोर्ट-ओ-प्रिन्सको अनुमानित ८० % नियन्त्रण गर्ने गिरोहहरूलाई अपहरण र हत्यामा वृद्धिको लागि दोषी ठहराइएको छ।
प्रतिक्रिया