रूसको आक्रमण सुरु भएदेखि ३१,००० युक्रेनी सेना मारिएका छन् : जेलेन्स्की

इनेप्लिज २०८० फागुन १३ गते २०:२३ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतवार रुसले आफ्नो पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि दुई वर्षको अवधिमा कारबाहीमा ३१,००० युक्रेनी सैनिक मारिएको घोषणा गरे ।

जेलेन्स्कीले भने ,यो संख्या रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले दिएको अनुमानभन्दा धेरै कम हो ।

यो युद्धमा ३१ हजार युक्रेनी सैनिक मारिएका छन् । ३,००,००० लाख होइन, १,५०,००० पनि होइन। पुटिन र उनको धोकेवाज वृतले जस्तो झूट बोलेको छैन। तर जे होस्, यी प्रत्येक नोक्सानी हाम्रो लागि ठूलो त्याग हो”, जेलेन्स्कीले भने ।

उनी घाइते वा बेपत्ता भएका सैनिकहरूको संख्या खुलासा नगर्ने उनले बताए । उनले अगाडी भने “दशौं हजार नागरिक” युक्रेनको कब्जामा रहेका क्षेत्रहरूमा मारिएका छन् तर युद्ध समाप्त नभएसम्म कुनै सटीक तथ्याङ्क उपलब्ध नहुने बताए।

“हामीलाई थाहा छैन कि उनीहरूले हाम्रा कति जना सर्वसाधारणलाई मारेका छन्, “उनले भने।

फेब्रुअरी २४,२०२२ मा रूसको पूर्ण-स्तरीय युद्ध सुरु भएदेखि कीभले आफ्नो क्षतिको संख्या पुष्टि गरेको यो पहिलो पटक हो।

रुसले केही आधिकारिक हताहत तथ्याङ्क प्रदान गरेको छ। डिसेम्बर २०२३ को मध्यमा एक अमेरिकी गुप्तचर प्रतिवेदनले युक्रेनमा ३,१५,००० रूसी सेनाहरु मारिएको वा घाइते भएको अनुमान गरेको थियो । स्वतन्त्र रूसी समाचार मिडियाजोनाले शनिबार २०२२ र २०२३ मा लगभग ७५,००० रुसी पुरुष युद्धमा लड्दै मरेको बताएको छ ।

मिडियाजोना र मेदुजा द्वारा प्रकाशित संयुक्त अनुसन्धान अनुसार युक्रेनमा रूसको मारिने दर सुस्त नभएको र मस्कोले प्रति दिन लगभग १२० पुरुषहरू गुमाईरहेको जनाएको छ ।

प्रतिक्रिया