ट्रम्पले आफनै गृह राज्यमा भारतीय मूलकी निक्की हेलीलाई हराए

इनेप्लिज २०८० फागुन १३ गते ११:३२ मा प्रकाशित

अमेरिकाको साउथ क्यारोलाइनामा सम्पन्न रिपब्लिकनदलको प्राथमिक निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै गृह राज्यमा भारतीय मूलकी निक्की हेलीलाई हराएका छन् ।

ट्रम्पले गत शनिबार सम्पन्न राष्ट्रपतिय प्राथमिकमा शानदार जित हासिल गरेका छन् ।

उनले अहिलेसम्म प्रत्येक रिपब्लिकनका उम्मेदवार प्रतिस्पर्धा मार्फत विजयी हासिल गर्दै गएका छन् । उनि राष्ट्रपति पदको उम्मेदवारीमा आफ्नो नाम आधिकारिक रुपमा लेखाउन कसैले नरोक्ने मतदानले देखाएको छ तर अझै थुप्रै राज्यहरुमा प्राथमिक निर्वाचन हुन् बाँकी रहेका छन् ।

दक्षिण क्यारोलाइनाकि पूर्व गभर्नर निक्की हेलीको हार उनको गृह राज्यमा उनको लागि ठूलो झट्का हो। शनिबारको प्रतिस्पर्धामा कुल ५० जना प्रतिनिधिहरू रहेका थिए र त्यहाँ विभाजित मत रहेको थियो ।

ट्रम्पले पहिले नै आयोवा र न्यू ह्याम्पशायरमा हेलीलाई पराजित गरिसकेका छन् ।

प्रतिक्रिया