एक अमेरिकी दम्पती क्यारिबियनमा बेपत्ता भएको प्रहरीले बताएको छ ।
अमेरिकी दम्पत्ति राल्फ हेन्ड्री र उनकी श्रीमती क्याथी ब्रान्डेल आफ्नो सानो डुंगामा बेपत्ता भएका हुन् । हेन्ड्रीकी बहिनी सुलेन डेस्माराइसले एबीसी न्यूजलाई उक्त डुंगा दक्षिणी क्यारिबियन राष्ट्र ग्रेनाडाको पानीमा राखिएको अवस्थामा उनीहरु बेपत्ता भएको बताइन ।
प्रहरीले दम्पतीको पहिचान र राष्ट्रियताको पुष्टि नगरेपनि घटनाको अनुसन्धान गरिरहेको समाचारमा उल्लेख गरिएको छ ।
हेन्ड्री र ब्रान्डेललाई अन्तिम पटक गत आइतबार दिउँसो डुङ्गा चलाउने छिमेकीले जीवित देखेका थिए। छिमेकीले दम्पतीलाई चमेनागृहमा प्रवेश गरेको देखेको डेस्मराईसले बताइन ।
छिमेकीले गत सोमबार बिहान ६:३० बजे उठ्दा र खोज्दा उनीहरु त्यहाँ नभएको एबीसी न्यूजलाई बताइन्। बहिनीका अनुसार दम्पती ग्रेनाडामा करिब दुई हप्ताको लागि गएका थिए ।
रोयल ग्रेनाडा प्रहरी बलका अनुसार कथित रूपमा तीन कथित अपराधीहरूले ग्रेनाडाका ती क्षेत्रलिई निशाना बनाएको बताए । जो आइतवार पक्राउ गरेपछि प्रहरी चौकीबाट भागेका थिए।
उनीहरूलाई भाग्नुअघि लुटपाट र हिंसाको संयुक्त अभियोग लगाइएको प्रहरीले जनाएको छ। तिनीहरुलाई बलात्कार, बलात्कार प्रयास र अभद्र आक्रमणको आरोप लगाइएको थियो।
तीनै फरार व्यक्तिहरू कथित रूपमा सानो डुंगा प्रयोग गरेर छिमेकी क्यारिबियन देशमा जान सफल भएका थिए ।
प्रतिक्रिया