जर्जिया विश्वविधालय परिसरमा दौडिरहेको अवस्थामा मृत फेला परेकी एक स्वास्थ्य परिचारिकामा अध्ययनरत एक विद्यार्थी भएको पहिचान भएको प्रहरीले बताएको छ ।
जर्जिया विश्वविद्यालय क्याम्पस( परिसर)मा गत बिहीबार मृत फेला परेकी एक महिलाको शव २२ वर्षीया लेकेन होप रिले भएको एथेन्स-क्लार्क काउन्टी मृत्यु समीक्षक कार्यलयले शुक्रबार सिएनएनलाई बताए।
ती महिला एथेन्सको क्याम्पसमा अगस्टा युनिभर्सिटी कलेज अफ नर्सिङ( स्वास्थ्य परिचारिका)कि बिधार्थी थिइन ।
मृत्यु समीक्षक सोनी विल्सनले रिलेको मृत्युको कारण र तरिकाको शवको परीक्षण बाँकी रहेको बताएका छन ।
गत बिहीबार दिउँसो एक व्यक्तिले प्रहरीलाई खवर गरेका थिए ।
उनि विश्वविद्यालयको भित्री क्षेत्रहरूमा टहल्न गएकी र कहिल्यै फर्किनन, जर्जिया विश्वविद्यालयका प्रहरू प्रमुख जेफ्री एल क्लार्कले बिहीबार साँझ बताए ।
अधिकारीहरूले करिब १२:३८ बजे उनको शव फेला पारेका थिए।
प्रतिक्रिया