चीनमा हिउँमा सयवटा भन्दा ज्यादा गाडी राजमार्गमा चिप्लिएर ठोक्किँदा कैयौँ घाइते भएका छन् ।
चिनियाँ शहर सुझाउको एउटा हिमपात भएको सडकमा १०० भन्दा बढी कार(सवारी साधन )हरू एकअर्कासँग ठोक्किएको राज्यका संचार माध्यमले शुक्रबार समाचार लेखेका छन् ।
अत्यधिक चिसो र हिउँले चीनभरि यात्रामा बाधा पुर्याएको कारण धेरै व्यक्ति घाइते भएका छन्।
सामाजिक सञ्जालमा साझा गरिएको दृश्यले विभिन्न प्रकारका गाडीहरू थुप्रिएका छन् । दुर्घटना स्थानीय समय अनुसार गत बिहीबार बिहान ७ बजे (६ बजे पूर्वीय समय ) घाम उदाइरहेको बेला भएको थियो ।
तीन जनालाई उनीहरूको चोटपटकको लागि अस्पतालमा भर्ना गरिएको थियो भने ज अन्य छ जना गम्भीर अवस्थामा रहेको अधिकारीहरूले एक विज्ञप्तिमा जनाएका छन् । सडक पुनः खोलिएको छ र अनुसन्धान भइरहेको छ।
चिप्लो सडकबाट सचेत रहन पनि स्थानीय अधिकारीहरूले बासिन्दाहरूलाई चेतावनी दिएका छन्। चिनियाँ सरकारले यस क्षेत्रमा चिसो मौसमका कारण हुने अचानक र खतरनाक प्रकोपहरूको लागि तयारी गर्न उद्धार प्रयासहरू बढाएको छ।
चीनको मौसम विज्ञान प्रशासनले अधिकांश मध्य र दक्षिणी शहरहरूमा “बरफ सडक” हुने चेतावनी पनि जारी गरेको छ।
यस हप्ताको सुरुमा, झेजियाङ प्रान्तका केही क्षेत्रमा ठुलो आकारको असिना परेको थियो
प्रतिक्रिया