७ प्रदेश कृषि मण्डी र ७५३ वटै स्थानीय तहमा पब्लिक कृषि कम्पनी स्थापना गर्ने अभियानको सुरूवात गरिएको छ ।
उद्दघाटन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको छ । विदेश जाने युवाहरुलाई सकारात्मक संदेश लेखिएका टिसर्टहरु नि:शुल्क वितरण गरिएको छ ।
देशलाई तिम्रो खाँचो छ छिट्टै नेपाल फर्केर कृषिमा आत्म निर्भर बनाउ भन्ने नारा सहित अभियान सुरु गरिएको छ ।। मुलुककाे अर्थतन्त्र धान्ने मुख्य आधार नै कृषि भएकाले आम नेपाली आमा बुबा , दाजुभाइ तथा दिदीबहिनीहरुलाइ सकारात्मक सन्देश दिई कृषि क्रान्तिलाई सफल बनाउन केही कोसिस गर्दैछौ ! कृषि क्रान्तिबाटै सम्भव छ बेरोजगारीको अन्त्य ।
गहभरी आँसु झार्दै बिदेशीने युवाहरुको ताती छ। बिदेश जानु सीप सिक्नु पैसा कमाउनु अनि आफ्नै देशमा आएर उत्पादन गर्नुहोला हामिले यहि संन्देश अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेशीने युवाहरुलाई टिसर्टको माध्यमबाट दिइरहेका छौं। हामी ६ दिन सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै रहने छौं।
हामी अहिले युवालाई देशमा नै रोक्न सक्ने ठाउँमा छैनौ एक दिन रोकेर नै देशमा स्वरोजगार बन्ने वातावरण सिर्जना गर्ने छौं। अहिले दिन सक्ने सन्देश नि हो। यो देशमा जन्मने यो देश मा हुर्कने यो अनि काम बिदेशीको गर्नु पर्ने कहिले सम्म यस्को अन्त्य गर्ने पर्ने बताएको छ । ७ प्रदेश कृषि मण्डी ७५३ वटा स्थानीयतहमा पब्लिक कृषि कम्पनी स्थापना गर्ने अभियानले जनाएको छ ।
यो कार्यक्रमको संयोजक हरि अधिकारि हुनुहुन्छ । उहाँसग देशभक्त युबा नेपालले सहकार्य गरिरहेको छ । जुन सस्थाको प्रबक्ता हेमराज जोशी हुनुहुन्छ ।
..
प्रतिक्रिया