बाइडेन प्रशासनले रुसी बिपक्षी नेता तथा एलेक्सीनाभाल्नीको मृत्युको प्रतिक्रियामा ५०० भन्दा बढी लक्ष्यहरूमा प्रतिबन्ध लगाउने भएको छ ।
बाइडेन प्रशासनले शुक्रबार नाभाल्नीको मृत्यु र युक्रेनमा रूसको दुई वर्षको युद्धको पूर्वसन्ध्यामा प्रतिक्रियामा ५०० वटा भन्दा बढी लक्ष्यहरूमा प्रतिबन्धहरूको नयाँ योजना लागू गर्ने एक ट्रेजरी ( धनसार )अधिकारीले बताए । प्रतिबन्धहरूले दुई देशहरू बीच बढेको तनावको बीचमा रूस विरुद्ध नतिजाहरू लगाउन प्रशासनको यो पछिल्लो कदम हुनेछ ।
गत मंगलबार बोल्दै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले नयाँ उपायहरू “पर्याप्त संपुष्टि”अर्थात् प्रसस्त प्याकेज हुने बताए । यसले रूसी रक्षा औद्योगिक आधार र “युद्ध यन्त्र” लाई शक्ति दिने रूसी अर्थतन्त्रको लागि राजस्वको स्रोतसँग जोडिएका तत्वहरूको विस्तृत श्रृंखलालाई समेट्ने जनाए ।
राष्ट्रपति जो बाइडेनले गत बिहीबारको सुरुमा प्रतिबन्धहरू लगाउने बताएका थिए भनि सिएनएनले उल्लेख गरेको छ । अमेरिका, अन्य पश्चिमी सरकारहरुसंग मिलेर हालैका वर्षहरुमा रुस विरुद्ध प्रतिबन्धहरुको श्रृंखला लगाएको छ ।
प्रतिक्रिया