अफगानिस्तानको एक रङ्गशालामा तालिवानद्वारा दुई जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड

इनेप्लिज २०८० फागुन १० गते ११:४५ मा प्रकाशित

अफगानिस्तानको एक रङ्गशालामा तालिवानले दुई जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिएको एबिसीन्यूजले जनाएको छ ।

तालिवानले बिहीबार दक्षिणपूर्वी अफगानिस्तानको एक रंगशालामा दोहोरो सार्वजनिक हत्या गरेका हुन् ।

एपी पत्रकार सहित हजारौंको भीडले गजनी शहरको अली लाला क्षेत्रमा भएको मृत्युदण्डको साक्षी रहेका थिए ।

तालिबानले मृत्युदण्ड दिइएका व्यक्तिहरू वा उनीहरूका कथित अपराधहरूको बारेमा जानकारीको लागि अनुरोधलाई जवाफ नदिएको एबिसीसमाचारले उल्लेख गरेको छ ।

स्थानीय संचार माध्यमले जनाए अनुसार धेरै अदालतहरू र तालिबानका सर्वोच्च नेता, हिबतुल्लाह अखुन्दजादाले उनीहरूलाई कथित अपराधको बदला लिनको लागि मृत्युको आदेश दिएका थिए।

घटनास्थलबाहिर मानिसहरुको भीड जम्मा भएको थियो । त्यहाँ धार्मिक विद्वानहरूले पीडितका आफन्तहरूलाई दोषीहरूलाई माफी दिन बिन्ती गरे, तर उनीहरूले अस्वीकार गरे।

दिउँसो १ बजेभन्दा केही समय अगाडि नै मृत्युदण्ड सुरु भएको थियो । त्यहाँ एकलाई आठ र अर्कोलाई सातवटा गोली प्रहार गरिएको थियो।

त्यसपछि रुग्नवाहिणी (एम्बुलेन्स)ले उनीहरुको शव लिएर गएको थियो ।

अमेरिकी र नेटो सेनाले सन् २०२१ छोडे पछि तालिबानले सत्ता कब्जा गरेपछि बिहीबारको हत्या तेस्रो र चौथो ज्ञात सार्वजनिक मृत्युदण्ड हो।

तालिबानले सन् १९९० को दशकको उत्तरार्धमा अफगानिस्तानमा आफ्नो अघिल्लो शासनकालमा नियमित रूपमा सार्वजनिक मृत्युदण्ड, कोर्रा र ढुङ्गाले हिर्काउने गरेका थिए।

प्रतिक्रिया