आज कुन कुन ठाउँमा वर्ष हुनसक्छ

बेद प्रसाद घिमिरे २०८० फागुन १० गते १:४० मा प्रकाशित

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बिहीबार देशका विभिन्न भागमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। दिउँसो पनि देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी र मधेश प्रदेशसहित पहाडी भूभागको थोरै स्थानमा वर्षाको सम्भावना छ। बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया