टयाक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् !

बेद प्रसाद घिमिरे २०८० फागुन ९ गते ११:०५ मा प्रकाशित

टयाक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । विद्युतीय ट्याक्सी खरिद गर्ने सरकारको निर्णयविरुद्ध उनीहरु सडकमा उत्रिएका हुन् ।

काठमाडौँको तीनकुनेमा र्याली सहित विरोध सभा गरेका व्यवसायीहरुले आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय स्वीकार्य नहुने बताए । ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले १० लाख क्षतिपूर्ति दिएर मात्रै टयाक्सी खरिद प्रक्रिया अघि बढाउन सरकारसँग माग गरे ।

भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय टयाक्सी खरिद गर्ने निर्णय गरेर आफूहरुको बिचल्ली बनाएकाले सडकमा उत्रनुपरेको व्यवसायीहरुको भनाई छ । आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने संयोजक थापाले चेतावनी दिए ।
संघर्ष समितिले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ । नेपाली पहिचान हुने गरी इम्बोष्ट नम्बर प्लेटको व्यवस्था गर्न र इन्स्योरेन्समा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग व्यवसायीहरुको माग छ ।

व्यवसायीहरुले स्वस्थ प्रतिष्पर्धाको आधारमा टयाक्सी खरिद गर्न पाउनुपर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराएका छन्।

प्रतिक्रिया