अमेरिकाको मिसिगनको डेट्रोइट शहरका एक व्यक्तिले गलत सजाय पाएपछि १० मिलियन(१ करोड डलर) क्षतिपूर्ति प्राप्त गरेका छन् ।
एबिसीन्यूजका अनुसार अलेक्जेन्डर अन्सारीलाई हत्याको आरोपमा गलत तरिकाले आजीवन कारावासको सजाय सुनाइएको थियो।
उनलाई गलत रूपमा दोषी ठहरिएको थियो र छ वर्ष भन्दा बढीको लागि कारागारमा परेका थिए । डेट्रोइटको एक निर्णायक मंडलले फैसला गर्दै १० मिलियन डलर क्षतिपूर्ति दिलाई दिएको छ ।
सन् २०१२ मा डेट्रोइटमा १५ वर्षीया किशोरी इलियाना क्युभासलाई गोली हानेर हत्या गरेको र दुईजनालाई घाइते बनाएको दावीमा गलत तरिकाले आजीवन कारावासको सजाय पाएका अलेक्जेन्डर अन्सारीले गत शुक्रबार अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ ।
अमेरिकी जिल्ला अदालत, मिशिगन दक्षिणी बिभागपूर्वी जिल्लामा मुद्धा दायर गरिएको थियो । फैसला फिर्ता पाएपछि मैले नगरेको कामको लागि मेरो बाँकी जीवन यही बिताउनु पर्यो। मैले आत्महत्या गर्ने प्रयास गरें,अन्सारीले एबीसी न्यूजलाई बताए ।
३९ बर्षिय अन्सारी २०१९ ना वेन काउन्टी सर्किट कोर्ट (अदालत)मा निर्दोष भएका थिए । अन्सारीको आपराधिक सजायलाई वेन काउन्टी सर्किट कोर्ट (दौडाहा इजलास)का न्यायाधीश थोमस ह्याथवेले २०१९ मा खारेज गरेका थिए।
तस्बिर कृतज्ञता :एबिसीन्यूज
प्रतिक्रिया