हिन्दु बुद्ध मन्दिर” मा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०८०” हुने, तयारी द्रुत गतिमा अगाडी बढ्दै

इनेप्लिज २०८० फागुन ८ गते १:२८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरको हिन्दु बुद्ध मन्दिर” को प्रांगणमा सप्ताहब्यापी “मेरिल्याण्ड आध्यात्मिक संत्संग ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ” हुने भएकोले तयारी द्रुत गतिमा अगाडी बढि रहेको मूल आयोजक समितिले जनाएका छन् ।

आगामी मार्च ३० देखि अप्रिल ५ सम्म (चैत्र १७ – चैत्र २३) बाल्टिमोरको “हिन्दु बुद्ध मन्दिर” को प्रांगणमा बिशाल सप्ताहब्यापी “मेरिल्याण्ड आध्यात्मिक संत्संग ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ” को भब्य आयोजना हुने भएकोले यस क्षेत्रका सबै नेपाली समुदायलाई सहभागिताको लागि आह्वान गरिएको छ ।

बिभिन्न समितिहरु अहोरात्र खटिई रहेका छन् भने अब एक महिना १० दिनमा सप्ताह सुरु हुनेछ । मूल आयोजक समितिको तर्फबाट एक सार्वजनिक अपिल जारी गर्दै नेपाली भाषा, धर्म, संस्कृतिहरुको संरक्षण र सम्बर्द्धन गर्दै समग्र नेपाल र नेपाली समुदायको एकता र समृद्धिमा समर्पित सबै नेपाली समुदायलाई अपनत्व ग्रहण गर्न समेत अनुरोध गरिएको छ ।

स्मरण रहोस ,बाल्टिमोर, मेरिल्याण्डवासी नेपाली परिवारजनहरुको आफ्नै पहलमा करिव ७ बर्ष अधि थालिएको मन्दिर निर्माणको यस महाअभियानलाई गन्तव्यसम्म पुर्याई बाँकी रहेका सम्पूर्ण कामहरुलाई समेत पूर्णता दिनका लागि यस आध्यात्मिक महोत्सवले ठूलो सहयोग गर्ने सबैले बिश्वास लिएका छन् ।

विगतमा जस्तै फ़ेरि एकपटक सम्पुर्ण बाल्टिमोर मेरिल्याण्डवासी नेपाली समुदायलाई एक जुट भै महायज्ञलाई सफल बनाउन सबैलाई अपिल गरिएको छ ।

प्रतिक्रिया