अमेरीकामा रानी कोमलको जन्मोत्सव तथा राष्ट्रिय प्रजातन्त्र दिवश भव्य रुपमा सम्पन्न

इनेप्लिज २०८० फागुन ८ गते ०:१० मा प्रकाशित

श्री ५ वडामहारानी कोमल राज्य लक्ष्मी शाहको ७४औं जन्मोत्सव र राष्ट्रिय प्रजातन्त्र दिवशको उपलक्ष्यमा हिमानी ट्रष्ट अमेरीकाले फाल्गुण ७ गतेका दिन मेरील्याण्ड व्युरोको आयोजनामा वानाको भवन,मेरील्याण्डमा भव्य र सभ्य रुपमा एउटा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

आदरणीय समाजसेवी तथा हिमानी ट्रष्ट अमेरीकाका अध्यक्ष हरी शर्माको अध्यक्षता र समाजसेवी तथा पानसका अध्यक्ष पारसमणी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालक भर्जिनिया व्युरोका प्रमुख अरुण रुपाखेतीले ट्रष्टका महासचिव आनन्दु लामा र मेरील्याण्ड प्रमुख केमीका भण्डारी समेतको सहयोग लिई कार्यक्रम भव्य र सभ्य रुपमा समापन गराउनु भएको थियो ।

उक्त कार्यक्रममा हरी शर्मा, पारसमणी श्रेष्ठ, आनन्दु लामा, केमीका भण्डारी, अरुण रुपाखेती, अमीता लामा, सुवोध पन्त,दमन विक्रम शाह, निरु थापा, पार्वती सिंह, लोक अवस्थी, मायाँदेवी श्रेष्ठ, पुजा चन्द, जयन्ति वोहोरा, कल्पना पाण्डे,गौरा पाण्डे, शुशिला महत, सम्झना खरेल लगायतका सवै वक्ताहरुले वडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह
सरकारको सुख, सम्वृद्धि, सुस्वास्थ, अटल सौभाग्य, र दिर्घायु जिवनकालागी आराध्यदेव श्री पशुपतिनाथ संग प्रार्थना गर्दै
सद्धा, आस्था र अटल विश्वासका साथ भक्ति पुर्वक हार्दिक मंगलमय शुभकामना चढाउनु भएको थियो ।

वोल्ने क्रममा वक्ताहरुले फागुन ७ गते प्रजातन्त्र दिवशको सम्झना गर्दै, राजा र प्रजाको मेलमिलापको कारण नै यो सम्भव भएको र नेपालमा शाह वंशिय देनहरुका वारे प्रष्ट पार्दै पृथ्वीको सृष्टी देखी नै वचाई राखेको हाम्रो सनातनी धर्म, संस्कार, संस्कृती माथी अहिले आएर राजनैतिक तथा आर्थिक प्रलोभनमा परी आयातीत धर्मको प्रचार गर्दै तहस नहस गराउने
कुचेष्टा भईरहेको हुँदा, यस अवस्थालाई तुरुन्तै सच्चाएर लैजानु पर्ने अन्यथा देश, धर्म, संस्कार र संस्कृती सवै सकिने कुरा सवैले वेलैमा वुझ्नु पर्ने भैसकेको छ भन्नुभयो ।

यसै क्रममा केही व्यक्तिले शाह वंशले एकीकरण गरी माया ममताले हुर्काएको यस देशको शासन अधिकार शाह वंशलाई नै छ भन्दै शाह वंश नेपालको लागी राजगद्धीमा आसिन एक व्यक्ति मात्र नभएर देशको रचयीता, नेपालको गौरव, इतिहाँस, सनातनिक वैद्धिक हिन्दु परम्मपरा र समग्र रुपमा राष्ट्रियताको आधारभुत फलामे खम्वा नै हो भन्ने धारणा राख्नुभयो ।

अन्तमा शुभजन्मोत्सवको केक काटी कार्यक्रमको समापन गरीएको थियो ।

प्रतिक्रिया