क्यानडाले युक्रेनलाई रुसको आक्रमणसँग लड्न ८०० वटा मानवरहित यान (ड्रोन )दिने भएको छ ।
क्यानडाले युक्रेनलाई रुसको आक्रमणसँग लड्न मद्दत गर्न युक्रेनलाई ८०० वटा मानवरहित यान (ड्रोन)दिने क्यानडाका राष्ट्रिय रक्षा मन्त्री बिल ब्लेयरले सोमबार बताएका छन् ।
“रूसी आक्रमणको बिरूद्ध युक्रेनको लडाईमा मानवरहित यान (ड्रोन)हरू महत्वपूर्ण क्षमताका रूपमा देखा परेका छन्। यी मानवरहित यानहरु युक्रेनी सेनाहरूको लागि थप परिस्थितिजन्य जागरूकता र जानकारी सङ्कलन गर्न सक्षम हुनेछन्, जसले गर्दा उनीहरूले लक्ष्यहरू अझ छिटो र अझ सटीक रूपमा मूल्याङ्कन गर्न सक्छन्,” विज्ञप्तिमा भनिएको छ।
रुसले फेब्रुअरी २४,२०२२ मा युक्रेनमा आक्रमण सुरु गरेको अब फेब्रुअरी २४ मा २ बर्ष हुने छ । “रुसको अवैध आक्रमणको दोस्रो वर्षगाँठ नजिकिँदै गर्दा, क्यानाडा स्वतन्त्रता र लोकतन्त्रको रक्षामा युक्रेनको साथमा उभिएको छ,” ब्लेयरले भने।
प्रतिक्रिया