अमेरिकाको इलोनोइ राज्यको बिश्व चर्चित शहर शिकागोको अस्थायी आश्रयमा बिरामी परेका ५ वर्षीय आप्रवासी बालकको रक्तबिकार(सेप्सिस)को कारण मृत्यु भएको एबिसीन्यूजले जनाएको छ ।
शव परीक्षणको नतिजा अनुसार उनको मृत्यु रक्तबिकार(सेप्सिस)को कारण भएको पुष्टि भएको छ । शव परीक्षण(पोस्टमार्टम)को अनुसार ५ वर्षीय बालक भेनेजुएलाका थिए भने गत डिसेम्बरमा शिकागोमा आप्रवासीहरूको लागि अस्थायी आश्रयमा बिरामी परेपछि मृत्यु भएको थियो ।
जीन कार्लोस मार्टिनेज नामक बालकको गत डिसेम्बर १७ मा जिवाणु (ब्याक्टेरिया -स्ट्रेप्टोकोकस प्योजेनेस समूह ए )संक्रमणका कारण रक्तबिकर (सेप्सिस)का कारण मृत्यु भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
कुक काउन्टी मेडिकल परीक्षकको कार्यालयले जारी गरेको शव परीक्षणको नतिजा अनुसार जसले घाटी अन्य ज्यान जोखिममा पार्ने रोगहरू निम्त्याउन सक्छ भनि जनाएको छ ।
बालक शिकागोको पिल्सेन छिमेकमा आश्रयको रूपमा एक गोदाममा बस्थे । उनि सिकिस्त बिरामी परे पछि उनलाई आपतकालिन रुपमा अस्पतालमा पुर्याएको केही समयमै उनलाई मृत घोषित गरिएको थियो ।
शिकागो र अन्य उत्तरी अमेरिकी शहरहरूले हजारौं शरणार्थीहरूको लागि आवास खोज्न संघर्ष गरेका छन्, जसमध्ये धेरैलाई गत वर्ष भरि टेक्ससबाट यात्रियान (बस )बाट थुप्रै शहरहरुमा जबर्जस्ती पठाईएको थियो ।
प्रतिक्रिया