ट्रम्पले अश्लिल चलचित्रकी कलाकारलाई चुप लगाउन दिइएको पैसाको फौजदारी मुद्दाको सुनुवाइ मार्च २५ मा सुरु हुने

इनेप्लिज २०८० फागुन ४ गते १२:१४ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अस्लिल चलचित्रकि कलाकारलाई सन् २०१६ चुनाव अगाडी उनलाई चुप लगाउन दिइएको पैसा बारे फौजदारी मुद्दाको सुनुवाइ मार्च २५ मा सुरु हुने भएको छ ।

फौजदारी मुद्दाको सुनुवाइ मार्च २५ मा सुरु हुने बताइएको छ । न्यूयोर्कको म्यानह्याटनका न्यायाधीशले ट्रम्प फौजदारी मुद्दाको लागि मिति तोकेका छन् ।

एबिसीन्यूजका अनुसार न्युयोर्क शहरमा ट्रम्पको आपराधिक हश मनी अर्थात् चुप लगाउन दिएको रकमको मुद्दामा न्यायाधीशले ट्रम्पको मुद्दा योजना अनुसार मार्च २५ मा अगाडि बढ्ने र यो छ हप्तासम्म चल्ने अपेक्षा गरेको बताएका छन्।

मुद्दाको अन्तिम सुनुवाइमा ट्रम्पको उपस्थितिमा, न्यायाधीश जुआन मर्चनले गत बिहीबार मुद्दा खारेज गर्ने ट्रम्पको प्रस्तावलाई अस्वीकार गरे ।

मुद्दाको आलोचना गर्दै ट्रम्पले मुद्दाको सुनुवाइका लागि उपस्थित हुन पाउँदा आफूलाई सम्मानित भएको बताए।

प्रतिक्रिया