अध्यावधिक गरिएको : गत आइतबार सम्पन्न अमेरिकी फुटबल(भकुण्डो) प्रतियोगितामा यस बर्षको बिजयी टोली रहेको क्यान्सस सिटी चिफ्सको जुलुस उत्सवमा २० जना माथि गोली प्रहार भएको छ भने एक जना महिलाको ज्यान गएको एबिसीन्यूजले समाचार लेखेको छ ।
कन्सास शहरको रेडियोका अनुसार चिफ्स सुपर बाउल परेड(जुलुस)मा डीजे लिसा लोपेज-गाल्वानको मृत्युको पुष्टि गरेको छ । अधिकारीहरूले यसअघि घटनाको अन्त्यमा गोली चलाउँदा एकजनाको मृत्यु भएको र अन्य २१ जनाले गोली चलाएको बताएका थिए।
सिएनएनका अनुसार कम्तीमा २९ जनाको उपचार गरिएको जनाएको थियो । क्यानसस सिटी(शहर) मिजौरीमा अमेरिकी फुटबल (सुपर बाउल)का विजेताले बुधबार धुमधाम सँग उत्सव मनाउदै गर्दा गोलाबारी भएको हो ।
गोलाबारी त्यहाको युनियन स्टेशन ४१४ को पश्चिममा यानशाला (गराज) बाहिर बाहिर भएको थियो। चिफ्स अमेरिकी भकुण्डो टोलीका प्रशंसकहरू बाहिर जाँदै थिए। प्रहरीका अनुसार शंकास्पद तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
कम्तीमा एक हतियार बरामद भएको प्रहरीले जनाएको छ । क्यान्सस शहरका प्रहरी प्रमुख स्टेसी ग्रेभ्सले एक पत्रकार सम्मेलनमा घटनामा २२ जनालाई गोली लागेको बताए। जसमध्ये एकको चोटपटक लागेर मृत्यु भएको बताए ।
त्यहाको युनिभर्सिटी हेल्थ ट्रुम्यान मेडिकल सेन्टर(चिकित्सा केन्द्र)ले १२ जना पीडितहरू प्राप्त गरेको र जसमध्ये आठ जनालाई बन्दुकको गोली लागेको जनाएको छ । चिकित्सक मार्क स्टिलले गोली लागेका मध्ये २ जनाको अवस्था गम्भीर रहेको र ६ जनाको अवस्था स्थिर रहेको बताए ।
क्यान्सस स्वास्थ्य प्रणाली विश्वविद्यालयले घटनाबाट एक बन्दुकको गोली पीडितको उपचार गरिरहेको जनाएको छ। चिल्ड्रेन (बाल)मर्सी अस्पतालले घटनाबाट १२ जना बिरामीहरू प्राप्त गरेको छ । तीमध्ये ११ जना ६ देखि १५ वर्षका बालबालिका रहेको र नौ जनालाई गोली लागेको बताईएको छ ।
सबै बिरामीहरू पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । त्यस्तै तीन जना बिरामीहरू क्यान्सस शहरको सेन्ट ल्यूक अस्पतालमा गएका छन् । उनीहरु सबैलाई सामान्य चोट लागेको छ ।
प्रतिक्रिया