न्यूयोर्कमा विशेष चुनावमा डेमोक्र्याटका टम सुओजी बिजयी भएका छन् ।
डेमोक्र्याट टम सुओजीले न्यूयोर्कको तेस्रो जिल्लामा सम्पन्न भएको विशेष चुनाव जितेका छन् । उक्त चुनाव क्षेत्रमा यस अघि रिपब्लिकनले बिजयी हासिल गरेको थियो । यो स्थानमा बिजयी संगै राष्ट्रपति जो बाइडेनलाई हल्का राहत भएको छ ।
रिपब्लिकन माजी पिलिपलाई हराएर रातो क्षेत्रलाई नीलोमा परिणत गर्दै अमेरिकी प्रतिनिधि सभामा १ स्थान थप्न मद्धत गरेका छन् । यो निर्वाचन क्षेत्रमा पहिले रिपब्लिकनका जर्ज सान्तोसले जितेका थिए । उनि विवादै विवाद र घोटाला काण्डमा मुछिएका कारण उनलाई गत डिसेम्बरमा कांग्रेसबाट निष्कासित गरिएको थियो।
टमको बिजयी संगै प्रतिनिधि सभा अर्थात् तल्लो सदनमा परिणाम स्वरूप, रिपब्लिकनहरूको २१९ र डेमोक्र्याटिकको २१३ स्थान पुगेको छ ।
राति ११:४५ बजेसम्म, न्यूयोर्कको तेस्रो जिल्लामा अपेक्षित मतको ९७ प्रतिशत आई सकेको छ । सुओजीले ५४ प्रतिशत र पिलिपलाई ४६ प्रतिशत मत प्राप्त गरेका छन् ।
सुओजीले डेमोक्र्याटका लागि ठूलो जीत हासिल गरेका छन् जसको लङ आइल्याण्ड र वाशिंगटन, डिसी दुबैमा ठूलो प्रभाव हुनेछ।
विशेष चुनाव हारेपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क विशेष चुनावमा पिलिपको आलोचना गरे।
प्रतिक्रिया