अमेरिकाको उत्तरपूर्वमा मंगलबार आएको हिमपातले सडकहरू जताततै हिउँले ढाकेका छन् भने दिउसो देखि सबै स्थानहरुमा हिमपात लगभग बन्द भएका छन् । पेन्सिल्भेनियादेखि न्यु जर्सीदेखि न्यूयोर्कदेखि न्यू इङ्गल्याण्डसम्मका सडकहरू हिउँले ढाकेका थिए।
तीव्र गतिमा आएको हिउ मङ्गलबार बिहान भीडभाड हुनुभन्दा अघि आएको थियो र मंगलबार दिउँसो सम्म समाप्त भएको थियो।
अमेरिकाका धेरै जसो उपनगरहरू सबैभन्दा बढी प्रभावित भएका छन्। न्यूयोर्क शहर र बोस्टनमा ४ देखि ८ इन्च पुग्ने पूर्वानुमान गरिएको थियो, क्रमशः ३.२ इन्च र ०.१ इन्च मात्र भएको एबिसीन्यूजले जनाएको छ ।
बुधवार बिहान न्यूयोर्क र फिलाडेल्फियामा तापमान लगभग २५ डिग्री र बोस्टनमा २२ डिग्रीमा झर्नेछ । कनेक्टिकटको फार्मिङ्टनमा अहिलेसम्म १५.५ इन्च हिउँ परेको छ ।
फोस्टर रोड आइल्याण्डमा १० इन्च हिउँ परेको छ भने म्यासाचुसेट्समा डडलेमा ८.८ इन्च हिउँ परेको छ। बोस्टनमा ४ देखि ८ इन्चसम्म हिउँ पर्ने भनि शहर बन्द गरिएको थियो, त्यहाँ ०.१ इन्च मात्र हिउ अभिलेख गरिएको छ।
न्यू जर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा ४.९ इन्च र न्यूयोर्क शहरको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ४.२ इन्च हिउँ खसेको छ ।
न्यु जर्सीको ससेक्समा १५ इन्च हिउँ परेको छ । त्यस्तै कनेक्टिकटको ब्रिजपोर्टमा ७.६ इन्च हिउँ परेको छ र अझै हिउँ परिरहेको छ ।
पेन्सिलभेनियामा १ लाख २६ हजार भन्दा बढी ग्राहकहरू बिजुलीविहीन छन्।
प्रतिक्रिया