बिश्वका लगभग सबैले मनाउने प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे यत्र तत्र सर्वत्र मनाउने क्रममा अमेरिकाका मेरिल्याण्डका नेपाली समुदायलाई पुरै प्रणय दिवस लागेको छ ।
बिश्वभरि मनाइने प्रणय दिवसमा अमेरिकामा बस्दै आएका प्रख्यात छायाचित्रकार(फोटोग्राफर)राजिव श्रेष्ठले नेपाली समुदायका बिभिन्न उमेरका बिभिन्न पेशाका जोडी सँग बिशेष प्रणय दिवस तस्बिरहरु कैद गरेका छन् ।
बिगत ३ दशक देखि नेपाल देखि नै बिभिन्न चाडपर्व,उत्सव लगायतमा हजारौ कलाकारहरुको तस्बिरहरु कैद गर्दै आएका राजीव श्रेष्ठले अमेरिकामा पनि त्यसलाई निरन्तरता दिदै आएका छन् ।
श्रेष्ठले नेपालबाट आएका कलाकार ,बिशेष ब्यक्त्तित्व तथा अमेरिकामा उदाउदो प्रतिभाशाली कलाकार ,मोडल(नमुना)हरुलाई पनि स्थान दिदै उनीहरु भित्र रहेको निहित प्रतिभालाई उजागार गर्ने र कलाकारितालाई माथि उठाउने प्रयासमा सदैव काम गरि रहेका छन् ।
त्यसै सिलसिलामा मेरिल्याण्ड राज्यका नेपाली समुदायका चिर परिचित जोडी संग प्रणय दिवस २०२४ मा तस्बिरहरु छायांकन गर्न भ्याएका छन् ।
प्रणय दिवस वा प्रेम दिवस अर्थात् भ्यालेनटाइन डे १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
यो पर्व वा दिवसमा रातो गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। विशेष गरी युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ।
छिल्लो समयमा हाम्रो देश नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ ।
अमेरिकामा बिशेष गरि राता प्रकारका सामाग्रीहरु ज्यादा बिक्री हुने गर्छन । अमेरिकामा जोडी मात्र हैन तथा प्रेमी प्रेमिका मात्र नभई परिवारमा पनि उपहार दिने प्रचलन छ । अमेरिकाका सामान खरिद गर्नेको घुईचो लागेको छ भने फूलहरुको बिक्री अत्यधिक हुने देखिन्छ ।
तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ । प्रेम दिवस भन्दैमा बाटो बाटोमा नचिनेको जो कोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । त्यसरी प्रेम गर्दा कसैले पत्याउने गर्दैनन् ।
तर पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न स्वार्थ भावका साथ झूटो प्रेम ‘फेक लभ’ अर्थात् नक्कली माया गर्नेहरूको जगजगी बढेको छ । यसमा कोही पनि भ्रममा पर्नु हुदैन । र ,यसमा सावधान हुनु पर्छ ।
तस्बिर : राजिब श्रेष्ठ
प्रतिक्रिया