प्रणय दिवस २०२४ का बिशेष तस्बिरहरुमा अभिनेता विमलेश अधिकारी तथा अभिनेत्री उषा पौडेल

इनेप्लिज २०८० फागुन १ गते २१:२५ मा प्रकाशित

बिश्वभरि मनाइने प्रणय दिवस अर्थात् भ्यालेनटाइन डे २०२४ को लागि नेपाली चलचित्रका चीर परिचित कलाकारहरु अभिनेता विमलेश अधिकारी तथा अभिनेत्री उषा पौडेलका बिशेष तस्बिरहरु चर्चित छायाचित्रकार(फोटोग्राफर)राजिव श्रेष्ठले कैद गरेका छन् ।

दुवै जना अमेरिकाको मेरिल्याण्डको बाल्टिमोरको सेरोफेरोमा श्रेष्ठले दुवैका तस्बिरहरु कैद गरेका हुन् । बिगत ३ दशक देखि नेपाल देखि नै बिभिन्न चाडपर्व,उत्सव लगायतमा हजारौ कलाकारहरुको तस्बिरहरु कैद गर्दै आएका राजीव श्रेष्ठले अमेरिकामा पनि त्यसलाई निरन्तरता दिदै आएका छन् ।

उनि यति मात्र हैन यहाँ नेपालबाट आएका कलाकार ,बिशेष ब्यक्त्तित्व तथा अमेरिकामा उदाउदो प्रतिभाशाली कलाकार ,मोडल(नमुना)हरुलाई पनि स्थान दिदै उनीहरु भित्र रहेको निहित प्रतिभालाई उजागार गर्ने र कलाकारितालाई माथि उठाउने प्रयासमा सदैव काम गरि रहेका छन् ।

त्यसै सिलसिलामा मेरिल्याण्ड राज्य मै हाल बस्दै आएका कलाकार द्वय विमलेश अधिकारी तथा उषा पौडेलको लागि प्रणय दिवस २०२४ मा तस्बिरहरु छायांकन गर्न भ्याएका छन् ।

अधिकारी नायक र थुप्रै चलचित्रमा अभिनय गरेका छन् भने अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर ‘ह्याप्पी डिभोर्स’ नामक चलचित्रमा निर्देशन गर्न लागेका छन् ।

कुनै बेला सांगीतिक श्रब्यदृश्य (म्यूजिक भिडियो)मा निकै रुचाइएका विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको चलचित्र ‘जंगबहादुरको कोट’मा देखिएका थिए । त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनले ‘तुलसी’, ‘मुटु’, ‘ब्रेक फेल’, ‘मेरो बेष्ट फ्रेण्ड’, ‘को हुँ म ?’ लगायतका चलचित्रमा पनि अभिनय गरेका छन् ।

त्यस्तै उषा पौडेल उषा नेपाली चलचित्र उद्योगमा चलचित्र कर्मबाट एक अभिनेत्रीको रूपमा प्रदापण गरेकी थिइन्। उनको दोस्रो चलचित्र “मुना मदन” सन् १९९९ माइ लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन नामक यम लोकप्रिय पुस्तकको आधारमा बनाईएको थियो ।

उनले कर्म, मुना मदन, गोधुली, तिम्रो माया, प्यारी बहिनी, गङ्गा, जेठो कान्छो, राम लक्ष्मण, बाज, क्रोध, माया नगर, ज्वालामुखी लगायतका ४० भन्दा बढी नेपाली चलचित्रमा उनले काम गरिसकेकी छिन्।

उनले थुप्रै धारावाहिक तथा थुप्रै विज्ञापनमा आफ्नो प्रतिभा देखाइसकेकी छिन्। उनले सन् २००३ मा उनले गरेका उत्कृष्ट अभिनयका कारण उनलाई “उत्कृष्ट अभिनेत्री” पुरस्कार प्रदान गरिएको थियो । उनको चलचित्र मुना मदन सन् २००४ ओस्करमा नेपालको प्रतिनिधित्व गरेको थियो । उनलाई नेपालका पूर्व प्रथम राष्ट्रपति डा राम बरण यादवले उनलाई सम्मानित गरेका थिए।

उनि हिन्दी सिक्न र हिन्दी चलचित्रमा काम गर्ने उदेश्यले मुम्बई गएकी थिइन्। उनले भारतमा तुझ सङ प्रित लगै सज्ना, जय जय बजरङ्ग बली, अदालत, चिन्टु छिन्की अर एक बढी सि लभ स्टोरीमा काम गरेकी थिइन् ।

तस्बिर : राजीव श्रेष्ठ

प्रतिक्रिया