अमेरिकाको न्यूयोर्क राज्यमा सानो बिमान उड्दै गर्दा ढोका खसे पछि सुरक्षित रूपमा अवतरण भएको छ । अर्थात् ठूलो दुर्घटनाबाट बालबाल बचेको छ ।
विमानमा सवार दुई जना सकुशल अवतरण भए पनि विमानको ढोका हराइरहेको एबिसीन्यूजले जनाएको छ ।
दुई जना सवार एउटा सानो विमान सार्वजनिक निकुञ्जको बीचमा उड्दै गर्दा ढोका गुमाएपछि सकुशल अवतरण भएको प्रहरीले जनाएको छ ।
घटना साँझ करिब ६ बजेको हो । चीकटोवागा प्रहरी र अग्नि नियन्त्रणका अधिकारीहरूले न्यूयोर्कको बफेलो अन्तर्राष्ट्रिय विमानस्थलबाट सहयोगको लागि खबर गरेका थिए ।
“दुई जना मानिस बोकेको एउटा सानो विमानले चिक्टोवागाको स्टिगलमेयर उद्यानको क्षेत्रमा उडान गर्ने क्रममा विमानको ढोका हराएको सूचना गरेको थियो “
चीक्टोवागा प्रहरी विभागले मध्य-हावामा भएको घटनाको वर्णन गर्दै जनतालाई विज्ञप्ति मार्फत जानकारी गराएको छ । विमान सुरक्षित अवतरण भएको बताइएको छ।
अधिकारीहरूले पछि खसेको ढोका उक्त क्षेत्रमा खोजी गरे तर अहिलेसम्म पत्ता लगाउन नसकेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।
घटनाका कारण कसैलाई पनि धनमालको क्षति वा क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया