मेक्सिकोबाट अमेरिका प्रवेश गर्न आप्रवासीहरूले सिविपि वान नामक अनुप्रयोग (एप) ६ करोड ४० लाख मिलियन पटक प्रयोग गरेको सिबिएसन्यूजले जनाएको छ ।
मेक्सिकोमा आप्रवासीहरूले अमेरिकामा प्रवेश अनुरोध गर्न सिविपि वान नामक अनुप्रयोग (एप) ६४ मिलियन पटक प्रयोग गरेका छन्।
सिबिएसन्यूजका अनुसार मेक्सिकोका आप्रवासीहरूले ६४.३ मिलियन भन्दा बढी अनुरोधहरू अमेरिकामा प्रवेश गर्नको लागि गतिशील अनुप्रयोग (स्मार्टफोन एप) प्रयोग गरी अनुरोध गरेका छन् । बाइडेन प्रशासनले दक्षिणी सीमामा अमेरिकी शरणार्थी प्रणालीको मुख्य प्रवेशद्वारको रूपमा स्थापित गर्न खोजेको छ । आन्तरिक संघीय सरकारका कागजातहरू सीबीएस न्यूजले प्राप्त गरेको समेत उल्लेख गरेको छ ।
कार्यक्रमको कार्यान्वयनको पहिलो वर्षमा आप्रवासीहरूले सिबिपी नामक अनुप्रयोग (एप) लाखौ पटक प्रयोग गरे । यस प्रक्रिया अन्तर्गत हालसम्म करिब ४५०,००० आप्रवासीहरूलाई अमेरिका प्रवेश अनुमति दिइएको छ।
कागजातहरूका अनुसार उक्त संख्या जनवरी २०२३ र अहिले सम्म १३ महिनाको अवधिमा भएको हो । औसतमा आप्रवासीहरूले प्रति महिना ५ मिलियन अर्थात् ५० लाख भन्दा कमले भेटघाटको समय (अपोइन्टमेन्ट )अनुरोधहरू गरेका छन्।
प्रतिक्रिया