सिआईए निर्देशक विलियम बर्न्स बाँकी इजरायली बन्धकहरूलाई रिहा गर्न थप वार्ताका लागि इजिप्टको यात्रा गर्ने भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार बर्न्सका इजरायली समकक्षीहरूले वार्तामा भाग लिने प्रतिबद्धता जनाई नसकेको एबिसीन्यूजले समाचार लेखेको छ । यो यात्रा यस विषयमा आमनेसामने वार्ताका लागि बर्न्सको चौथो विदेश यात्रा हुनेछ।
यस मामिलासँग परिचित एक अमेरिकी अधिकारीले बताए अनुसार बर्न्सले वार्तामा इजरायलको सहभागितालाई ध्यान नदिई कार्यसूची (एजेन्डा)लाई अगाडि बढाउने र द्वन्द्व मार्फत हमाससँग प्रभावकारी मध्यस्थकर्ताको रूपमा काम गर्ने दुई देश कतार र इजिप्टका गुप्तचर अधिकारीहरूसँग भेट्ने बताए।
सोमबार जोर्डनका राजासँगको ह्वाइट हाउसको पत्रकार कार्यक्रममा राष्ट्रपति जो बाइडेनले आफूले सम्झौताका लागि दबाब जारी राखेको बताए।
प्रतिक्रिया