प्रणय दिवसको शुभ अवसरमा अब हास्छ भर्जिनिया कार्यक्रमको लागि बिज्ञापन कूटसङ्केत( प्रोमो कोड )प्रयोग गर्दा २ वटा टिकटको ६० डलर मात्र

इनेप्लिज २०८० माघ २९ गते १७:२३ मा प्रकाशित

फेब्रुअरी १४ अर्थात् भ्यालेनटाइन डे (प्रणय दिवस)को शुभ अवसरमा अब हास्छ भर्जिनिया कार्यक्रमको लागि बिज्ञापन कूटसङ्केत( प्रोमो कोड )प्रयोग गर्दा २ वटा टिकटको ६० डलर मात्र टिकट दर राखिएको छ ।

आजैबाट लागू हुने गरे आयोजकले बिज्ञापन कूटसङ्केत Promo Code -VLTN2024 प्रयोग गर्न आह्वान गरेका छन् । यो केवल प्रणय दिवसको उपलक्ष्यमा मात्र दर्शकहरुलाई सुबिधा उपलब्ध गराईएको हो ।

कार्यक्रम आगामी फेब्रुअरी १६ शुक्रबारका दिन भर्जिनियाको हेर्नडन शहरमा हुनेछ । कार्यक्रम राती ६:३० बजे सुरु हुने छ । नेपालका राष्ट्रिय स्तरका प्रख्यात कम्तिमा पनि ८ जना कलाकारहरुको बिशेष कार्यक्रम अब हास्छ भर्जिनिया नामक कार्यक्रम भर्जिनियामा हुने भएकोले भर्जिनियावासीहरु उत्साहित भएका छन् ।

आयोजकले यस कार्यक्रमबाट केही रकम न्याक ,हिमालयन फ्री क्लिनिक तथा डिसीएनएफलाई जाने समेत जनएका छन् । अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुत गर्दै हिडेका सबै कलाकारहरुको अद्वितीय प्रस्तुतिको साथै सबै राज्य र शहरहरुमा खचाखच भिड रहेको छ ।

हास्य विधामा नाम कमाएका सबै कलाकारहरुको प्रस्तुति बेजोड रहेकोले सबै शहरहरुमा कलाकारहरुलाई भ्याई नभ्याईको अवस्था रहेको छ । उनीहरुको अद्वितिय प्रस्तुतिले दर्शकहरु पेट मिची मिची हास्नेको साथै भरपूर मनोरंजन लिई रहेका छन् ।

यो कार्यक्रम छोड्ने नहुने भएकोले यस क्षेत्रका सबै नेपाली समुदायलाई साथ,सहयोग र कलाकारहरुलाई हौशला प्रदान गर्न सबैलाई अनुरोध गरिएको छ ।

कार्यक्रमको आयोजकहरु थ्रीइ इन्टरटेन्टमेन्ट तथा डिसीएनएफसी हुन् । साथै यस कार्यक्रमको लागि आरनएनआर समूहको साथ र सहयोग रहेको छ । डिसीएनएफसीको तर्फबाट चन्द्र लामाले प्रतिनिधित्व गरेका छन् ।

बिस्तृत जानकारी लिन चन्द्र लामा Chandra Lama -+1 (703) 862-9802 ,आरएनआरका रोशन पुरी Roshan Puri -+1 (703) 625-7329, प्रकाश सापकोटा Prakash Sapkota -+1 (571) 355-5165 तथा सुरेश सापकोटा Suresh Sapkota-(703) 509-1127 लाई सम्पर्क गर्न सकिने छ ।

कार्यक्रम हुने ठेगाना : 700 Bennett St ,Herndon Va 20170

प्रतिक्रिया