अमेरिकाको इन्डियानापोलिस प्रहरीद्वारा एकै सडकमा फेला परेका दुई महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ

इनेप्लिज २०८० माघ २८ गते १:०४ मा प्रकाशित

अमेरिकाको इन्डियाना राज्यको चर्चित शहर इन्डियानापोलिस प्रहरीले एकै सडकमा फेला परेका दुई महिलाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

इन्डियानापोलिस प्रहरीले दुई महिलाको हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अभियोग लगाएको छ जसको शव एउटै सडकमा केही दिनको दूरीमा भेटिएको थियो।

३० वर्षीय डेभिड हिनरलाई गत शुक्रबार दुई महिलाको हत्या गरेको अभियोग लगाइएको छ । जसको शव दुई हप्ताअघि शहरको पूर्वी क्षेत्रमा एक अर्काबाट करिव ४०० फिटको दूरीमा फेला परेको अभियोजकहरूले बताए ।

प्रहरीले ५७ वर्षीया शान्नोन लासेरेलाई जनवरी २७ मा मिथोफर सडकमा रहेको उनको घरबाट नजिक सडकमा मृत फेला पारेको थियो। त्यस्तै फेब्रुअरी १ मा ५२ वर्षीया मारियान वेइसको शव सोही सडकमा फेला परेको थियो।

दुबै महिलालाई छुरा प्रहार गरी हत्या गरिएको युपिआईले जनाएको छ ।

लासेरेका छोरा जस्टिन स्मिथका अनुसार उनी आफ्नो मृत्युको राती चुरोट लागि इन्धन चौकी सुलभ पसल (ग्यास स्टेशन )गएकी थिइन्। उनी अलिक कान सुन्न नसक्ने थिइनन ।

जासूसहरूका अनुसार उनीहरूले वेइसलाई उनको मृत्युको राती पबको गल्लीमा एक व्यक्तिसँग गएको देखे। प्रहरी अधिकारीहरूले हिनर बसेको आवासगृह (अपार्टमेन्ट) खोज्न पक्राउ पूर्जी प्राप्त गरेपछि गत मंगलबार पक्राउ गरे।

जासूसहरूले उनि बस्ने आवासगृहमा रगतले दाग भएका जुत्ताहरू फेला पारे। हिनरको जुत्तामा रगतको प्रारम्भिक परीक्षण दुवै पीडितको रगतसँग मेल खाएको थियो ।

प्रहरीका अनुसार हिनर सेप्टेम्बरदेखि परीक्षणकालमा थिए । उत्तेजित आक्रमणको कारण विगत १० वर्ष उनले कारागारमा बिताएका थिए ।

प्रतिक्रिया