६ जना ठिटालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पेन्सल्भेनियाका एक पुरुषमाथि नयाँ थप कारबाही

इनेप्लिज २०८० माघ २७ गते २३:०८ मा प्रकाशित

६ जना ठिटालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पेन्सल्भेनियाका एक पुरुषमाथि नयाँ थप कारबाही गरिने भएको छ ।

छ जना केटाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पेन्सल्भेनियाका एक व्यक्तिले अब सातौं पीडितलाई समेत यौन आक्रमण गरेको आरोपको सामना गर्नु पर्ने परेको अधिकारीहरूले घोषणा गरेका छन्।

बक्स काउन्टी जिल्ला न्यायधिवक्ताको कार्यालयका अनुसार, ब्रिस्टल उपनगर पेन्सेलभेनियाका ४१ वर्षीय जेराल्ड स्पोटोलाई गत शुक्रबार अनैच्छिक यौनसम्बन्ध र सम्बन्धित ३ वटा अपराधमा मुद्दा दायर गरिएको छ ।

उनि पहिले नै बाल यौन कार्यको तस्बिर खिच्ने तथा श्रब्यदृश्य(भिडियो )खिच्ने २७४ वटा अपराधका गणनाहरू र २७५ वटा बाल अश्लिल सम्बन्धी गणनाको सामना गरिरहेका थिए । जुन लगभग दुई दशक पहिले उनले नेशामिनी किड्स क्लब (बाल क्लब)पछि पाठशाला कार्यक्रममा काम गरिरहेको बेला भएको कार्यबाट उत्पन्न भएको थियो।

नयाँ आरोपहरू स्पोटोको सातौं पीडित पीडित हुन् जसलाई उनले २०२१ मा ११ वर्षको हुँदा यौन दुर्व्यवहार गर्न थालेको अभियोजकहरुको दाबी छ ।

प्रतिक्रिया