अमेरिकाको जर्जियामा भारतीय बिधार्थीको घरबारविहीन लागूऔषध दुर्व्यसनीद्वारा हथौडा प्रहार हानी निर्ममपूर्वक हत्या ,हत्यारा पक्राउ

इनेप्लिज २०८० माघ २७ गते १५:५० मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यमा भारतीय बिधार्थीको घरबारविहीन लागूऔषध दुर्व्यसनीले हथौडा प्रहार प्रहार गरि निर्ममपूर्वक हत्या गरेका छन् ।

भारतले हरियाणाका विद्यार्थी विवेक सैनीको अमेरिकामा भएको ‘डरलाग्दो’ हत्याको निन्दा गरेको छ ।

एटलान्टाको भारतीय वाणिज्य दूतावासले जर्जियाको लिथोनिया शहरमा एउटा सुलभ पसल भित्र २५ वर्षीय भारतीय विद्यार्थीको “क्रूर” हत्याको कडा निन्दा गरेको छ भने घटनाबाट अत्यन्तै दुखित भएको बताएको छ।

पीडितको शव भारत फिर्ता पठाउन कन्सुलर सहयोग प्रदान गरेको छ ।

अमेरिकामा भर्खरै एमबीए ( बाणिज्य प्रशासनमा स्नाकोत्तर )पूरा गरेका विवेक सैनीको जर्जियाको लिथोनिया शहरको एक सुलभ पसलभित्र घरबारविहीन लागू औषध दुर्व्यसनी जुलियन फकनरले हत्या गरेका थिए । घातक हमला हुनुअघि सैनीले विगत केही दिनदेखि उक्त व्यक्तिलाई सहयोग गर्दै आएका थिए ।

२५ वर्षीय विवेक सैनीलाई स्न्यापफिङर तथा क्लिभल्याण्ड सडकस्थित शेभरन फुड मार्ट नामक पसलमा घरबारविहीन व्यक्तिले हथौडाले आक्रमण गरेका थिए । एटलान्टा भारतीय महावाणिज्य दूतावासका अनुसार अमेरिकी अधिकारीहरूले अभियुक्तलाई पक्राउ गरेको र मुद्दाको अनुसन्धान गरिरहेको बताए।

घटनालगत्तै वाणिज्य दूतावासले सैनीको परिवारसँग सम्पर्क राखेको, शवलाई भारत पठाउन सबै कन्सुलर सहयोग उपलब्ध गराएको र परिवारसँग सम्पर्कमा रहेको उल्लेख गरेको छ ।

आक्रमणकारी फल्कनरले सैनीको टाउकोमा करिब ५० पटक निर्ममतापूर्वक हथौडा प्रहार गर्दा डरलाग्दो घटना क्यामेरा(अङ्कीयचित्रक)मा कैद भएको थियो।

सैनीले पसलमा सहायकको रूपमा अंशकालिक काम गर्थे । कर्मचारीहरूले प्रहरीलाई दिएको सूचना अनुसार उनीहरूले लगभग दुई दिनसम्म फकनरलाई आश्रय दिएका थिए। कर्मचारीहरूले उनलाई न्यानो राख्नका लागि खाजा ,पेय पदार्थ,पानी र एउटा अंगिका (ज्याकेट )दिएका थिए ।

उनीहरूले फकनरलाई जाडोको कारण बाहिर जान भनेनन । जनवरी १६ मा सैनीले फल्कनरलाई पसल बाहिर जान भने नत्र प्रहरी बोलाई दिन्छु भने ।

प्रहरीका अनुसार फकनरले सैनीलाई घर जाँदै गर्दा हथौडाले प्रहार गरेका थिए । पछि प्रहरी पुगेपछि फकनरले हथौडा बोकेको अवस्थामा फेला पारे । सैनी चण्डीगढ विश्वविद्यालयबाट प्रविधि बिज्ञानमा स्नातक (बीटेक) गरेपछि दुई वर्षअघि अमेरिका गएका थिए । हरियाणाको बरवालामा रहेको उनको परिवारका अनुसार उनले भर्खरै अलाबामा विश्वविद्यालयबाट एमबीए ( बाणिज्य प्रसासनमा स्नाकोत्तर )पूरा गरेका थिए।

उनका बुबा गुरजीत सिंह पेसाले किसान हुन्। उनकी जेठी बहिनी न्यूजील्याण्डमा बस्छिन्, जबकि कान्छो भाइ पनि किसान हुन् । उनको शव भारत आइपुगेको र उनको अन्तिम संस्कार गरिएको पीडितकी भाइ सिमरनले इन्डिया टुडेलाई बताए।

अपरिचित व्यक्तिलाई दया गर्दा र मानवीय धर्म सम्झदै परोपकार गर्दा एक होनहार बिधार्थीको इहलिला समाप्त भयो । हामी सबै नेपाली समुदायले यस दुखद घटनाबाट केही शिक्षा लिन जरुरी छ र मनन गर्न आवश्यक रहेको देखिएको छ । तर यस्तो घटना दुर्लभ हुन्छ र हत्यारा दुर्व्यसनी हुन् ।

समाचार श्रोत तथा कृतज्ञता: इन्डिया टुडे

प्रतिक्रिया