भर्जिनिया चार्लोट्सभिलका नेपाली भाषी प्रदिप तामाङले १ लाख डलरको चिट्ठा जिते

इनेप्लिज २०८० माघ २७ गते २:१५ मा प्रकाशित

भर्जिनिया चार्लोट्सभिल शहरका नेपाली भाषी प्रदिप तामाङले १ लाख डलरको चिट्ठा जिते जितेका छन् । उनले कोट्याउने चिट्ठा (स्क्र्याच) खरिद गरि कोट्याउदा १ लाख डलर जितेका हुन् ।

उनले करकट्टी गरि करिव ७२ हजार डलर नगद प्राप्त गरेका छन् ।

संयोगवश तामाङ्गले उक्त चिट्ठा नेपालीले नै संचालन गरेको सुलभ पसलमा खरिद गर्दा बाजी मारेका हुन् । तामाङले भर्जिनिया वाइल्ड १० एस स्क्र्याचर नामक चिट्ठा किनेका थिए ।

उनले चार्लोट्सभिलको एम्मेट मार्गमा रहेको इन्धन चौकी तथा सुलभ पसल सेवेन इलेभेनमा आफ्नो टिकट किनेका थिए। जब पसलका सहायकले उनको चिट्ठा जाँच्दा तामाङ्गले ६०० डलर भन्दा ज्यादा परेको थाहा पाए । उनले त्यस पछि उनले आफ्नो छोरालाई बोलाए। छोराले जाँच गर्दा १ लाख डलर जितेको बताए ।

वाईल्ड १० नामक चिट्ठा भर्जिनियामा त्यस्ता चिट्ठा थुप्रै संचालनमा छन भने ती चिट्ठा मध्ये यो पनि एक हो । जसमा १० डलर देखि १ लाख डलर सम्मको पुरस्कारको व्यवस्था गरिएको हुन्छ। भर्जिनिया चिट्ठा संचालकका अनुसार यो खेलमा दाबी गरिएको दोस्रो शीर्ष पुरस्कार हो ।

स्मरण रहोस ,चार्लोट्सभिल शहर आकर्षित केन्द्र बन्दै गएको छ । नेपाली भाषी तथा नेपालीहरुको बसोबास बिस्तारै बढ्दै गएको र अन्य राज्य र शहरबाट त्यहा बसाई सराई गर्नेको संख्या बढ्दै गएको छ। यहा उत्कृष्ट अस्पताल भएकोले नेपालबाट स्वास्थ्य परिचारिका(नर्स) तथा उनीहरुका परिवार पनि आई बसोबास गर्न थालेका छन् ।

श्रोत : भर्जिनिया चिट्ठा

प्रतिक्रिया