लाल सागरमा जहाज डकैत गर्ने र अपहरण गर्ने हुथी विद्रोही बिरुद्ध अमेरिकाद्वारा यमनमा थप आक्रमण

इनेप्लिज २०८० माघ २६ गते १२:१६ मा प्रकाशित

अमेरिकाले यमनमा हुथी विद्रोहीलाई लक्षित गरी थप आक्रमण गरेको सेनाले बताएको छ ।

अमेरिकी सेनाले गत बिहीबार यमनमा हुथी लक्ष्यहरू विरुद्ध थप आक्रमण गरेको अमेरिकी केन्द्रीय कमान्डले एक विज्ञप्तिमा जनाएको छ ।

चार मानवरहित यानहरु बोकेको जहाजहरू र सातवटा पोतबिहार क्षेप्यास्त्र बोकेको जहाजमा आक्रमण गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । यस क्षेत्रमा अमेरिकी नौसेना जहाजहरू र व्यापारी जहाजहरूका लागि खतरा भएकोले यो आक्रमण निरन्तर जारी रहेको समाचारमा उल्लेख गरिएको छ ।

इरान-समर्थित हुथीहरू विरुद्ध गठबन्धन हमलाहरूले जनवरी ११ देखि १०० भन्दा बढी क्षेप्यास्त्र नष्ट गरिसकेको पेन्टागनका प्रवक्ताले गत बिहीबार पत्रकार सम्मेलनमा बताए ।

हुथीहरूले इजरायलले गाजामा आफ्नो युद्ध समाप्त नगरेसम्म लाल सागर (रेड सी )जहाजमा आफ्ना आक्रमणहरू नरोक्ने बताएका छन्।

प्रतिक्रिया